logo
  • आइतबार, असोज ११ २०८३

कृष्णबहादुर सिकेले विदेश लैजाने भन्दै ५० जना भन्दा बढीबाट करोडौको ठगी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, बुटवल साउन १०।
स्याङजा स्वरेक – ८ घर भइ हाल काठमाण्डौ बस्दै आएका कृष्ण बहादुर सिकेले विभिन्न देशमा आकर्षक तलब सुविधासहितको जागिर भन्दै बिभिन्न पत्रिकाहरुमा सुचना प्रकाशन गर्दै  सर्वसाधारणलाई ठगि गर्ने गरेको छ। सीकेले क्यानडा, अमेरिका , रसिया तथा अस्टेलिया अष्टेलिया  पठाउने भन्दै २ वटा कन्सल्टेन्सी कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, र १ मेनपावर रोएल एचआर सोलुसन ५० जना भन्दा बढी युवाहरुबाट करिब दुई करोड ठगि गरेको छ । यी ३ वटा का संचालक सीके  नै रहेको  बताए ।सिकेबाट ५० हजार देखी १३ लाख सम्म ठगिएका व्यक्तिहरु सम्पर्कमा आएका छन्  , अझै थेरै व्यक्ति ठगिएको हुनसक्ने आशंका गरिएको छ’ । बिदुर घतानेको ६ लख , लक्ष्मी श्रेष्ठ ६लाख ६० हजार, गोविन्द रेग्मी ५ लाख, ओम बहादुर पुनको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, आर्यान जोशीको २ लाख, प्रविन जुङ बस्नेत २ लाख, लेख नाथ सुवेदी २ लाख १० हजार,देब कुमार श्रेष्ठ १ लाख, सागर पुरीको १ लाख , सरोज श्रेष्ठ ६० हजार छ्न ।

ठगिनेको संख्या धेरै रहेको पीडितहरुले बताए । पीडीतहरु भबीस खड्का , प्रबिन जुङ बस्ने र देब कुमार श्रेष्ठले पैसा माग्दा बाउस चेक दीएको बताए । सीकेले बेलाबेलामा आफुहरुसँग  बेलाबेलामा भाइबरमा कुरा हुने पैसा माग्दा सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको कहिले दीने भन्दा एक हप्ता पछी,एक महिना पछी गर्दै १ वर्ष पछि दिन्छु भनेर टार्ने गरेको पीडितहरुले बताएका छन् ।

आफुहरुले सिकेको बिरुद्धमा महानगरीय प्रहरी वृत टेकुमा उजुरी दीएको घटना घटेको १ महिना बितिसकेको र प्रहरीले आरोपीत व्यक्ति लाइ समात्न नसकेको पीडितहरुले गुनासो गरे । टेकु प्रहरीले सिके नेपाल बाहिर लुकेर बसेको आशंकामा खोजि कार्य जारी राखिएको बताएको छ ।


प्रकाशित मिति : १० साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend