साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं साउन १०।
नेपाल वायु सेवा निगमले दोस्रो वाइडबडी ए ३३०-२०० सिरिजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान अवतरण गरेको छ।
बिमानको नाम ‘मकालु’ दिइएको हो । विमानको कल साइन ९ एनएलजेट छन् नयाँ विमानलाई विमानस्थलमा पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।
फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका बताए ।
निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।
यसअघि गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।
निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
प्रकाशित मिति : १० साउन २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend