logo
  • आइतबार, असोज ११ २०८३

मुसिकोटका तीन बालक चार दिनदेखि सम्पर्क बिहिन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतरा , गुल्मी साउन ९ ।
गुल्मी मुसिकोटका तीन बालक चार दिनदेखि हराएका छन् । मुसिकोट नगरपालिका ३ का गणेश विकका १३ बर्षिय छोरा कपिल विक, झविन्द्र सुनारका १४ बर्षिय छोरा विरवल सुनार र श्रीराम सुनारका छोरा १५ बर्षिय छोरा अंकित सुनार हराएको अंकल सुर्य सुनारले बताए ।

उनीहरु साउन ६ गतेबाट परिवारको सम्पर्कमा छैनन् । कपिल ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ्ग स्कुलको कक्षा ५ र बिरवलले पृथ्वी माविको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए । आफन्त र संभावित ठाउँमा बालकहको खोजी भएको तर लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि वामी प्रहरीलाई खबर समेत गरिएको छ ।

एकै टोलका तीन बालक एकै दिनदेखि हराएपछि परिवार समस्यामा परेको छ ।


प्रकाशित मिति : ९  साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend