logo
  • आइतबार, असोज ११ २०८३

भरतपुरमा चल्यो गोली, ५ प्रहरी घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, चितवन साउन ९ ।
मूख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलित व्यवसायीमाथि प्रहरीले गोली प्रहार गरेको छ ।

केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।

तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलित तीन पांग्रे सवारीका चालक, व्यापारी तथा प्रहरीबीच झडपका कारण भरतपुर तनावग्रस्त बनेको छ ।

झडपले उग्ररुप लिएपछि प्रहरीले गोली समेत चलाएको छ । प्रहरीको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका छन् । अर्कातिर प्रर्दशनकारीले हानेको ढुङ्गाले लागेर ५ जना प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धासमेत परेको थियो ।


प्रकाशित मिति : ९ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend