logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टेक राज थापा, कतार ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गर्ने भएको छ ।परिषदको गत पाँचौ कार्यसमितिको बैठकको अनुसार संस्थाको सुरक्षा तथा जनचेतना  अभिवृद्धि समितिको सक्रियतामा आगामी २७ जुलाई २०१८ दिन नि शुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको सस्थाका महासचिब बुधबल गुरुङले साझा नेटवर्कलाई  जनाकारी दिएका छन् ।

उक्त शिविरमा ब्लड पेसर, मधुमेह, BMI (Body Mass Index) दाँत सम्बन्धि चेक जांचका साथै विशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य परिक्षण तथा परामर्श लिन सकिने भएको हुदा कतारमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उपस्थिति भई आफ्नो स्वास्थ्य परिक्षण गरि लाभ लिन सकिने भएको हुदा उल्लेखित मिति र समयमा हुन् गई रहेको जनाकारी गराउदै शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य चेक जांच गर्न र गराउन  सम्पूर्णमा हार्दिक आह्वान रहेको छ ।

उक्त दिनमा  चेकअप पश्च्यात उपचार गर्नु परेको खण्डमा २० देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था रहेको  जानकारी गराएका छन् । सम्पर्कको लागि युवराज शर्मा ५५०६९९८६ ,बिनोद बसौला ७७५५९८५२ ,रुद्र प्रसाद शर्मा ३०४८६१५०, कुमार के .सी ५५८०३९६७,नरेश प्रसाद जैसी ७७९६१३५४ यहाहरुले  सम्पर्क सक्नु हुनेछ ।

स्थान : कान्तिपुर मेडिकल सेन्टर सनैया
मिति : २७ जुलाई २०७५
समय : बिहान ८ :००  बजे


प्रकाशित मिति : ८ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend