logo
  • आइतबार, असोज ११ २०८३

यौन सम्पर्कको प्रस्ताव नमान्दा बृद्धाको हत्या


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री , गुल्मी साउन ७ ।
केहि दिन अघि गुल्मीको चन्द्रकोट गाउँपालिकामा एक पुरुषले यौन सम्पर्कको प्रस्ताव नमान्दा ज्यान लिएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुर, डाँडा बनकी ६९ वर्षिया बृद्धालाई सोही स्थानको ४२ वर्षिय गोकुल सार्कीले त्यसरी हत्या गरेको गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले बताए । गएको साउन ४ शुक्रवारका दिन पुरुषले मदिराको मातमा ६९ वर्षिया बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेका थिए ।

बृद्धाले नमाने पछि त्यो उन्मत्त पुरुषले उनलाई मुक्का प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए । निजले उक्त दिन साँझ ७ वजेको समयमा ति बृद्धसँग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । बृद्धाले अस्वीकार गरे पछि निजले कण्चट र छातीमा मुक्का प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी प्रमुख द्धिवेद्धीले बताए । मृतक बृद्धाका ३ छोरी र १ छोरा रहेका छन ।


प्रकाशित मिति : ७ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend