logo
  • आइतबार, असोज ११ २०८३

दुर्व्यवहारको प्रयास गरेको भन्दै वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , बुटवल साउन ७ ।
महिलाहरु माथि हातपात र दुर्व्यवहारको प्रयास गरेको भन्दै दाङका एक जना वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगीविरुद्ध स्थानीय महिलाहरू ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको नयाँराम कार्कीले जानकारी दिए ।

जाहेरीमा दुबै जना महिलाले शनिबार बेलुका वडा अध्यक्ष डाँगीले आफूहरूमाथि हातपात गरेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । दुवैजना महिलाले आइतबार जस्पुर प्रहरी चौकीमा मदिराले मातेका वडा अध्यक्षले आफूहरूमाथि झम्टिन आएको तथा हातपातको प्रयास गरेको हुँदा न्यायका लागि प्रहरीमा जाहेरी दिएको बताएका थिए ।

दुईजना महिलाले वडा अध्यक्षविरुद्ध जाहेरी दिएपछि प्रहरीले वडा अध्यक्ष डाँगीलाई झिकाएर उनीहरूका बीचमा छलफल गरेको छ । छलफलका क्रममा महिलाहरूले वडा अध्यक्षले हातपात गरेको दोषारोपण गरेका थिए भने वडाअध्यक्ष डाँगीले त्यसको बचाउ गरेका थिए । वडा अध्यक्ष डाँगीले षडयन्त्रपूर्वक आफूलाई फसाउन खोजेको बताएका छन् । रासस


प्रकाशित मिति : ७ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend