logo
  • शनिबार, असोज १० २०८३

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं,साउन ६।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानुन मन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति अभद्र, अशिष्ट र आपत्तिजनक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त अभिव्यक्तिको निन्दा एवं भत्सर्ना गरेको छ ।

राप्रपा सह प्रवक्ता एवं प्रचार विभाग विभाग मोहन श्रेष्ठले आइतवार एक विज्ञप्ती जारी गरि मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली संग माग पनि गरेको छ ।

साथै, राप्रपाले केही दिन अघि नेपाली चेलीहरु बंगलादेश स्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धि सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोड स्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसंग माग गरेको छ ।

नेपाल समचारपत्र,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend