logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित गायक सन्तोष केसीको तिज कोशेली “आमा” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकै आईरहेको छ । तिज पर्वमा गाईने गितहरु सबै जसो कलाकारले मौलिकतालाई नछोई फरक फरक किसिमले निकाली रहेका बेला अत्यन्तै समसामयिक विषयबस्तु तथा यथार्थपरक र सन्देशमुलक तीजगीत बजारमा आएको छ ।आफ्नी आमालाई सबैले माया गर्नुपर्छ भन्ने सन्देश बोकेको “आमा” नामक तिजको कोशेली लोकप्रिय सर्जक तथा गायक सन्तोष केसीले गत हप्ता मात्र युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

एस एस डिजिटलको प्रस्तुती रहेको गीतमा सन्तोष केसी, लोकप्रिय गायिका राधिका हमाल र ललिता पौडेलले स्वर दिएका छन् भने गीतको लय गायक स्वयंले संकलन गरेका छन् । सुष्मा अधिकारीको शब्द सङ्कलन रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा लक्ष्मी गिरी, रमा थपलिया, शिवहरी पौडेल, अञ्जु महर्जन, सुनिता गौतम, पुरुषोत्तम भण्डारी लगायतले अभिनय गरेका छन् । राजेश घिमिरेको छायांकन, विष्णु शर्माको सम्पादन रहेको गीतलाई साई भिजन प्रा.लि.ले दृश्य निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend