logo
  • आइतबार, असोज ११ २०८३

रातभरको पानीले राक्सेका १२ घर जोखिममा, २ घर विस्थापित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल बागलुङ साउन ५ ।
गएराति परेको अविरल वर्षा र माथिवाट आएको खोल्साको भल तथा त्यसले कटान गरेको क्षेत्रले बडिगाड गाउँपालिका वडा नं. २ राक्से तथा काँडेरुखका १२ घर जोखिममा परेका छन् भने २ घर परिवार विस्थापित भएको छ।

काँडेरुख कि सिता वन र राक्सेका अम्मर वहादुर वि.क.को परिवार विस्थापित भएको हो। त्यस्तै ढालेन्द्र वन, गोविन्द अधिकारी, दुर्गा अर्याल, प्रेम थापा, जुना विक, विर वहादुर घर्ति, युवनाथ घिमिरे, तेज वहादुर थापा, गोकुल गिरि र रगुनन्द गिरि को घर जोखिममा परेको हो। रिठे खोला, ओदर्दि खोला र राक्से खोला मा एकैचोटी भल आउँला सो क्षति भएको हो।

त्यस्तै सो खोलामा आएको भल र पहिरोले मध्यपहाडि लोकमार्ग रातभर अवरुद्ध भएको थियो भने विहान वडा नं. २ का अध्यक्ष हिमा खरेल, खर्वाङ प्रहरी तथा स्थानियको सहयोगमा डोजर लगाएर लोकमार्ग खुलाइएको छ। जोखिम युक्त वस्तिको भल तर्काउन जेसिविको प्रयोग गरेर कोषिश गरिने वडा अध्यक्ष खरेलले जानकारी दिनुभएको छ।

त्यस्तै सोहि भलले रिठेखोला तथा ओदर्दि खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। खानेपानी अवरुद्ध हुँदा स्थानिय २५ घर परिवार खानेपानीवाट वन्चित भएका छन्। रात भर स्थानिय जाग्राम वसेर भल तर्काउँदै जोगाएका केहि घर फेरी पानी पर्यो भने के होला भन्ने चिन्तामा स्थानियहरु रहेका छन्।

विस्थापित परिवार छिमेकिकोमा सरण लिएर वसिरहेका छन्। ज्याङ्ना सक्न्यार, दगा हुँदै म्याग्दी जोड्ने भनिएको सडक, जिमि दगा सडक तथा सक्न्यार दनिया रिङरोड खन्दा खोल्सामा जम्मा भएको माटो, ढुंगा सहित भल खस्दा सो क्षति भएको हो।

जिल्लाको पूर्वि दक्षिण तथा पश्चिम क्षेत्रमा निरन्तर वर्षा भएपनि मध्य भागमा खासै पानी परेको थिएन। गय राति केहिवेर परेको पानीले समेत क्षती पुगेपछि स्थानिय झनै त्रसित भएका छन्। निरन्तर वर्षा भइरह्यो भने थप जोखिम वढ्ने निश्चीत देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend