logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको वामीमा पहिलो पटक कृषि उपज संकलन केन्द्रको सुरुवात


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, गुल्मी साउन ३ ।
मुसिकोट नगरपालिका वडा नं. ७ पल्टारमा पहिलो पटक कृषि उपज संकलन केन्द्रको सुरुवात भएको छ। लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामी टक्सारको समन्वयमा विहिवार देखि नमुना कृषि उपज संकलन केन्द्रको सुरुवात भएको हो ।

जिल्ला कृषि विकास कार्यालय गुल्मीको सहयोगमा निर्माण गरिएको हाट वजार भवन र नजिकै रहेको संकलन केन्द्रमा मालारानीको मह, अमृतपुर कृषक समुहको आलु तथा अलैंची, शिसाखानी तथा दगातुन्डाडाको तरकारी, पुरानागाउँको सिस्नोको पाउडर, वेसारका चाना लगाएत स्थानिय रुपमा उत्पादन हुने सवै प्रकारका खाद्यन्न, तरकारी, फलफुल, तथा नगदेवालीहरु अदुवा, वेसार, लसुन, प्याज संकलन गरिएको र निरन्तर संकलन गर्नेे सहकारीका अध्यक्ष यमुना घिमिरेले जानकारी दिनुभएको छ।

सो संकलन केन्द्रमा कृषकले उत्पादन गरेको सामाग्रिलाई थोक मुल्यमा खरिद गर्ने र फुटकररुपमा पसलमार्फत विक्रि गर्ने अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ। ताजा तथा अर्गानिक खाद्य वस्तु तथा ताजा तरकारी, फलफुलको लागि सम्पर्क गर्न संकलक काशिनाथ अर्यालले आग्रह गर्नुभएको छ।

सहकारीले संकलन केन्द्र मार्फत कृषकको उपज खरिद गर्ने र उपभोक्तालाई विक्रि वितरण गर्ने वातावरण सुरु गरेको हो। विगत देखि नै कृषकहरुलाई प्रोत्साहन गर्दै आएको सहकारी मार्फत मौरिपालन, सामुहिक आलु खेति, वेसार खेति तथा मसला उत्पादनका क्षेत्रमा काम हुँदै आएको छ।

साँच्चिकै नमुना कृषि उपज संकलन केन्द्रले स्थानिय खाद्य वस्तु संकलन र विक्रिको प्रवन्ध निरन्तर गर्न सक्यो भने स्थानिय कृषकहरु थप कृषि लाग्ने अपेक्षा गरिएको छ।यसैविच सहकारीले कृषी उपजको थोक तथा खुद्रा मुल्य निर्धारण गर्न संकलन केन्द्र व्यावस्थापन समितिको गठन गरेको छ।

समितिमा लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थावाट २ जना, उद्योग वाणिज्य संघको तर्फवाट १ जना, कृषकहरुको तर्फवाट ३ जना र संकलक १ जना गरि ७ सदस्यिय रहेको वताइएको छ।

समितिले प्रत्येक हप्ता कृषि उपजको मूल्य निर्धारण गर्ने अध्यक्ष यमुना घिमिरेले जानकारी दिनुभएको छ। समितिले यो हप्ताको लागि निम्नानुसारको मुल्य तालिका समेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend