साझा नेटवर्क
अनिल खत्री , गुल्मी साउन ३ ।
गुल्मीको छत्रकोट गाउँपालिकाले सुरु गरेको निशुल्क पूर्ण स्वास्थ्य परिक्षणमा २ हजार ५ सय ३० वढीको चेक जाँच भएको छ ।
गएको असार २९ गते शुक्रवारबाट सुरु भएको निशुल्क पूर्ण स्वास्थ्य परिक्षणको ६ दिनमा उल्लेख्य सहभागिता रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए।गाउँपालिका भित्रका ४० बर्ष माथिका नागरिकको निशुल्क पूर्ण स्वास्थ्य परिक्षण सुरु गरिएको गाउँपालिका मधुकृष्ण पन्तले बताए । गाउँपालिका भित्र रहेका नागरिकको आफनो स्वास्थ्य कस्तो अबस्थामा छ भनेर पूर्ण जानकारी पाओस भन्ने उदेश्यले स्वास्थ्य परिक्षण सुरु गरिएको पन्तको भनाई छ ।
मानव जिवनमा सबैभन्दा ठूलो सम्पती स्वास्थ्य हो अध्यक्ष पन्तले भने, ‘कतिपय नागरिकले सामान्य खालका रोगलाई बेवास्ताका कारणले ठूलो समस्या नित्याएको छ त्यसको अत्यको लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ स्वास्थ्य मानिसले पनि बेला बेलामा आफनो स्वास्थ्य जाँच बेला बेलामा गराउनु पर्छ उनले भने, ‘तर आर्थिक अबस्था र भनेको ठाउँमा चेक जाँचको व्यवस्था नहँुदा धेरैले चाहेर पनि असर नपाएकाले गाउँमै अबसर ल्याएका हौं ।’
हामीले आर्जन गर्ने सबैभन्दा ठूलो सम्पती सबै भन्दा ठूलो धन स्वास्थ्य हो, गाउँपालिका अध्यक्ष पन्तले भने, ‘मानिस स्वास्थ्य रहे धेरै सम्पती आर्जन गर्न सकिन्छ ।’ यो अभियान निकै महत्वपूर्ण निकै दुरगार्मि र जनपक्ष रहेको स्थानिय वासीको भनाई छ । अभियानले आर्थिक अबस्था कम्जोर भएका र नजिक यस्तो अबसर नहुँदा उपचार गर्न नपाएका प्रति राम्रो अबसर भएको स्थानिय युवा बिनोद न्यौपानेले बताए ।
अभियान गाउँमा सामान्य रोग लागेका तर उपचार गर्न नपाएकालाई निकै ठूलो अबसर रहेको न्यौपानेको भनाई छ। मानिसले आफनो स्वास्थ्य बेला बखतमा चेकजाँच गराउनु पर्छभन्ने यसले पाठ सिकाउने उनले बताए । गाउँपालिकाले ल्याएको यो अभियान अन्य गाउँ नगरले अनुसरण गर्नुपर्ने उनले जोड दिए ।
गाउँपालिकाको ७३ लाख आर्थिक सहयोगमा नेपाल कार्डियो डायबिटिक एण्ड थाइराइड सेन्टर लाजिमपाट काठमाडौले सेवा दिने अध्यक्ष पन्तले जानकारी दिए । छत्रकोटमा गाउँपालिका भित्र ७ हजार भन्दा बढी नागरिक ४० बर्ष उमेर भन्दा माथिका रहेको गाउँपालिका अध्यक्ष पन्थले जानकारी दिए ।
डाक्टर अनिल भट्राईको नेतृत्वमा ३२ जनाको समूहले वडा नम्बर ४ स्थित श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुरु गरेका छन् । गाउँपालिका भित्र रहेका ४० भन्दा माथीका सबै नागरिकहरुको चेक जाँच नहुँन्जेल अभियान जारि रहने गाउँपालिकाले जनाएको छ । सेवाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति : ३ साउन २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend