logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा २०७४ सालको SEEमा महेन्द्र नमुना मावि उत्कृष्ठ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

?????????????

हुमाकान्त पोखरेल, गुल्मी साउन २।
गुल्मीमा २०७४ सालको एस्.ई.ई. परिक्षाफलमा सामुदायिक विद्यालयतर्फ तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालय उत्कृष्ठ भएको छ । परिक्षामा न्यूनतम ५० विद्यार्थी सहभागि हुनुपर्ने, परिक्षाफल उत्कृष्ठ हुनुपर्ने, विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय लगायतका मापदण्डको आधारमा विद्यालय जिल्लामै उत्कृष्ठ भएको हो ।शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाका सबै विद्यालयहरुको परिक्षाफलको फारम ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाएको थियो । सोहि फारमका आधारमा सबै मापदण्डहरु उत्कृष्ठ भएको भन्दै मन्त्रालयले गुल्मीको उत्कृष्ठ विद्यालयमा महेन्द्र नमुना माविलाई छनोट गरेको विद्यालयका लेखापाल शालिकराम पन्थीले जानकारी दिए । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लाका उत्कृष्ठ विद्यालयहरुलाई सम्मान समेत गरेको छ । जसमा महेन्द्र नमुना माविका तर्फबाट प्रध्यानाध्यापक केशर बहादुर थापाले सम्मान पत्र र ८० हजार ग्रहण गरेका थिए । सम्मान पत्र प्रदान गर्दै ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालयको थप सफलताको कामना गरे ।

०७४ को एस्.ई.ई. परिक्षामा समावेश कुल ६२ जनामध्ये पाचँ जनाले ‘ए प्लस’ ग्रेड हाँसिल गरेका थिए । त्यस्तै २९ जनाले ‘ए’, १५ जनाले ‘बि प्लस’, १२ जनाले ‘बि’ तथा एक जनाले ‘सि प्लस’ ग्रेड हाँसिल गरेको लेखापाल सालिकराम पन्थीले जानकारी दिए । विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि खुसियाली समेत साटासाट गरेको छ ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीको अध्यक्षता, सल्लाहकार समिति संयोजक भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, वडा नम्बर २ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक युवराज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend