logo
  • शनिबार, असोज १० २०८३

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं,साउन २। –राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।  सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो ।

सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग बिहिबार भेटगरी छलफल गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीरताका साथ पहल गर्न पनि सरकारलाई दवाव दिएको छ । त्यसैगरी बाढी र भूकम्प पीडित जनतालाई उचित राहतको व्यवस्था गर्न पनि बैठकले सरकारसँग माग गरेको नेता यादवले बताए । पार्टीले सांसद रेशमलाल चौंधरीलगायतका पार्टीका नेता, कार्यकर्तामाथि लगाइको झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ।

रातोपति,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend