साझा नेटवर्क
साझा नेटवर्क ।
चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जुन मा राखुँ’ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ ।
प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ । बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् ।
अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई बिकासा इंटरटेनमेनटले प्रस्तुत गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend