साझा नेटवर्क
प्यूठान । गौमुखी गाउपालीका वडा नम्वर ७ नारिकोटमा जिप दुर्घटना हुंदा एक जना महिलाको ज्यान गएको छ ।
वाग्दुलावाट नारिकोटका लागी छुटेको लु १ ज १७४३ नम्बरको जिप नारिकोट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी नारीकोट निवासी अन्दाजी ४५ वर्षिय बालि घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । ८ जना सवार रहेको युक्त जिपमा अन्य ६ जनाको अवस्था सामान्य रहेको छ भने सम्झना घर्ती मगरको अवस्था गम्भिर रहेको प्रहरी स्रोतले जनाएको छ । रोकिराखेको जिप एक्कासी ब्याग भएपछि दुर्घटना हुन पुगेको स्थानियवासीको भनाइ छ ।
हाम्रो एकता
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend