logo
  • शनिबार, साउन ९ २०८३

अज्ञात नम्बरबाट अाएकाे फोन नउठाउन नेपाल टेलिकमको आग्रह,


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, असार ३१।
नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ । टेलिकमका अनुसार शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ ।नेपाल टेलिकमले आइतबार आज उक्त कल रिसिभ नगर्न सम्बंन्धित सबैलाई आह्वान गरेको हो। नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन’ ।

त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरुको खातामा ट्रान्सफर हुन्छ । त्यस्तो नम्बर नउठाउन र कल ब्याक नगर्न अनुरोध गर्दछौं ।

उनका अनुसार टेलिकमले त्यस्ता आगमन कल निषेध गरिसकेको छ भने अज्ञात विदेशी नम्बरमा कलब्याक नगर्न बारम्बार सचेत गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend