साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं ।
विश्वकप फुटबलको फाइनल खेलमा बलिउडकी नायिका तथा मोडल पुनम पाण्डेलाई लिए र देखाउने तयारी रहेका दरबारमार्गको क्लव प्रशासनको अनुमति नलिदा क्लव डेजाभुको योजना चकनाचुर भएको छ ।
क्लव डेजाभुका सञ्चालक केपी गैरेले प्रशासनसँग पुर्व स्वीकृति नलिएर पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइतबार राति देखाउने तयारी रहेका यो हर्कतविरुद्ध दरबारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले एक्सन लिएका हुन् ।
क्लव डेजाभुले पूर्वस्वीकृति नलिएर भारतीय मोडल पुनम पाण्डेको नाचसँग विश्वकप फुटबल खेल देखाउने तयारी गरेको भनेर समाचार लेखेपछि डिएसपी मल्ले क्लव डेजाभुविरुद्ध एक्सन लिएका हुन् । प्रहरीले एक्सन लिएपछि क्लव डेजाभुका मालिकहरूका भागाभाग भएको छ । सबै मालिकहरू लुकेर बसेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीले खोजीकार्य जारि राखेको छ ।
पुनम पाण्डे जबरजस्ती क्लव डेजाभुमा प्रवेश गर्न खोजे नियन्त्रणमा लिने प्रहरीको तयारी छ । रिपोर्टर्स क्लव नेपाललमा शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लव डेजाभुका सञ्चालक केपी गैरेले प्रहरीसँग अनुमति लिएर कार्यक्रम गर्न लागेको दाबी गरेका थिए । तर, डिएसपी मल्ले केपी गैरे भन्ने व्यक्तिलाई आफूले नचिन्नको र क्लव डेजाभुलाई आफूले कुनै पनि अनुमति नदिएको प्रतिक्रिया दिएका छन् ।
डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिएर पुनम पाण्डेलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । क्लव डेजाभु आइतबार बन्द रहनेछ । क्लव डेजाभुका गतिविधिमा सुधार नभए सदाका लागि बन्द गरिदिने डिएसपी मल्लले चेतावनी दिएका छन् । ‘कानून मिचेर कुनै पनि क्रियाकलाप गर्न पाइँदैन’, मल्लले भने, ‘शान्ति सुरक्षा बनाइ राख्ने दायित्प प्रहरीको हो । कानून पालना गराउने दायित्व पनि हाम्रो हो ।’
‘क्लव डेजाभुले कानून मिचेर गतिविधि गरेकाले बाध्य भएर कारबाही गर्नु परेको छ’, डिएसपी मल्ले भने, ‘अघिल्लो पटक पनि त्यति ठूलो विवाद भएको थियो । आइन्दा त्यस्ता घटना हुन नदिन पूर्व सर्तकता अपनाइएको हो ।’ डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हालेका छन् । क्लव डेजाभुमा प्रहरीले कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।
गत मंसिर २७ गते अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनेर क्लव डेजाभुले लाखौँको टिकट बिक्री गरेर अन्तिममा ठगी गरेको थियो । त्यसपछि आक्रोशित भएका दर्शकले क्लव डेजाभुमा तोडफोड गरेका थिए ।
त्यस बेला दरबारमार्ग प्रहरीमा डिएसपी तिलक भारती थिए । पछि डिएसपी भारतीलाई कारबाही स्वरुप सरुवा गरिएको थियो । रासस दैनिक नेपाल बाट
प्रकाशित मिति : ३१ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend