logo
  • आइतबार, असोज ११ २०८३

कार्यकारी भुसाल सहित ६ जना युवा पुरस्कृत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

३१ असार,प्यूठान । हाम्रो एकता साप्ताहिकका कार्यकारी सम्पादक एवं रातोपाटीकर्मी राधिका भुसाल सहित प्यूठानका ६ जना युवा उद्यमी पुरस्कृत भएका छन् ।
प्यूठान जिल्लामा रही विभिन्न क्षेत्रमा नमुना कार्य गरेको भन्दै जिल्लास्तरीय युवा प्रतिभा तथा युवा उद्यमीको खोजी र प्रोत्साहन कार्यक्रमबाट विभिन्न क्षेत्रमा कार्यरत युवा सम्मानित भएका हुन । जिल्ला युवा समिति प्यूठानले सोमबार कार्यक्रम आयोजना गरी अन्नपुर्णकर्मी केशर रोका, होटल व्यवसायी नविन जिसी, ग्रील व्यवसायी अर्जुक वि.क., उद्योगबाट प्रदिप केसी र फर्निचर व्यवसायीबाट विमल गुरुङलाई सम्मान पत्र र नगतराशीले पुरस्कृत गरेको हो ।

उक्त पुरस्कार वितरण कार्यत्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरेले जिल्लाका नमुना युवाको रुपमा पुरस्कृत भएसंगै थप जिम्मेवारी काँधमा थपिएको बताए । ‘तपाईहरु राष्ट्र, समाज र हाम्रो समुदायको साझा व्यक्तित्व बन्नु भएको छ’ प्रजिअ घिमिरेले भने–‘ तपाईहरु जस्ता युवाबाट समाजले धेरै अपेक्षा गरेको हुन्छ, त्यसैले जवाफदेहीतासंगै दायित्वको भुमिका खेल्नु पर्छ ।’ प्यूठान जिल्लाको भविष्य निर्धारणमा मिडियाकर्मी विशेष भुमिका रहेको हुंदा कलमको माध्यमबाट समाज परिवर्तनको लागि अग्रसर रहनु पर्ने उनले बताए । पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको प्यूठानलाई विशेष महत्वका साथ अगाडि लैजानु पर्ने प्रजिअ घिमिरेको भनाइ छ ।
कार्यक्रमबारे जानकारी गर्दै युवा समिति प्यूठानका अध्यक्ष नेगन सिंह कंवरले प्यूठान जिल्लाका युवाले गर्ने कार्य नमुना र अन्य जिल्लाले सिको गर्ने खालका बनाउनु पर्ने बताए । जिल्लामा थुप्रै युवा उद्यमीहरुले गरेका कार्य नमुना भएता पनि प्रतिनिधिको रुपमा ६ जना युवाहरुलाई छनौट गरिएको कंवरले बताए । यसरी राज्यले सम्मान गरी युवाहरुलाई थप जिम्मेवारी दिएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमा भएको सो कार्यक्रमको सञ्चालन युवा समिति प्यूठानका प्रमुख केशवराज गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend