logo
  • शनिबार, असोज १० २०८३

राजपा संसदीय दलको नेतामा महन्त ठाकुर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, असार ३०।
राष्ट्रिय जनता पार्टी, नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । पार्टी संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टीका अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

नेता राजेन्द्र महतोको प्रस्तावमा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मतिले चयन गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

उनले दलको नेता चयनसँगै राष्ट्रिय जनता पार्टीभित्र विवाद रहेको भन्ने आरोप सत्य नभएको पुष्टि भएको दाबी गरे । यसैबीच, राष्ट्रिय जनता पार्टी, नेपालका नवनिर्वाचित संसदीय दलका नेता महन्थ ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दलको नेता चयन भएपछि उनले पार्टीका सांसदहरुबीच संसदमा दलको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend