साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार २९ ।
परराष्ट्रमन्त्री पदिपकुमार ज्ञवालीले सेतो एप्रोन लगाई सकेपछी डक्टरहरुले बिरामीको उपचार गर्दैन भन्न नपाइने बताएका छन् । शुक्रवार गुल्मीको छत्रकोट गाउँपालिका गुल्मीले आयोजना गरेको पूर्ण साररिक जाँचको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले डक्टरहरुले मैले कालो पट्टी बाधेको छु, म हडतालमा छु भन्दै आन्दोलन गरेर जनताको स्वास्थ्यमाथी खेलवाड गर्न नपाइने बताएका छन् ।
उनले मेडिकल शिक्षामा देखिएका बिकृतिलाई अत्य गर्न सरकार गम्भीर रहेको बताए । जनतालाई सुमथ मुल्यमा,सहज मुल्यमा सबैले पहुच पाउने गरि स्वास्थ्य उपचारको व्यवस्था गर्न बर्तमान सरकार दत्तचित्त भएर लागि रहेको बताए ।
मन्त्री ज्ञवालीले भने ‘सबै भन्दा ठूलो कुरा स्वास्थ्य बिमा मार्फत, चिकित्समा शिक्षामा देखिएका बिकृतिलाई अत्य गरेर बजेटहरु बृद्धि गरेर गाउँगाउँमा औषधी उपचार डक्टरहरु स्वास्थ्य कर्मीहरु पुर्याएर नेपाली जनताको जिवनलाई सुखि बनाउनको लागि बर्तमान सरकार लागि रहेको छ ।
उनले विगतमा कमिशनका माध्यमबाट खुलेका मेडिकल कलेजले गर्दा अहिले समस्या देखिएको भन्दै अब त्यसको अन्त्य हुने बताए । ‘विगतमा भएका गल्तिले गर्दा नै अहिले अनसन र आन्दोलन जस्ता समस्या देखिएका हुन्,’ मन्त्री ज्ञवालीले भने, ‘त्यसको समाधानको लागि सरकार लागिपरेको छ ।
सरकारले नेपालका सबै नागरिकलाई स्वास्थ्य बिमा ल्याउनु मुख्य उदेश्य रहेको छ मन्त्री ज्ञवालीले भने ‘सबै नागरिकलाई स्वास्थ्य उपचार दिने उदेश्यले स्वास्थ्य बिमा सरकार सबेन्दनशिल भएर लागेको छ ।’ सबै स्थानिय तहमा आबश्यक डक्टर सहित १५ शैयाको अस्पताल खोल्ने लक्ष्य सरकारको रहेको छ उनले भने ‘अकालमा मर्ने नेपालीलाई जोगाउनु नै हाम्रो मुख्य उदेश्य हो ।
मेडिकल शिक्षामा बिगतमा कतिपय बिकृति देखिएका छन् मन्त्री ज्ञवाीले भने ‘२०४८ साल पछी सबै क्षेत्रमा निजिकरणको हावा चलेको हो ।’ नेपालको स्वास्थ्य शिक्षामा निजि करणको अन्दा धुन्दा हावा चलेकाले छ मन्त्री ज्ञवाीले भने ‘अहिले दर्जनौ मेडिकल चलेका छन् जहा सर्बसाधरण ब्यक्तिले पढने बातावरण छैन् ।
उनले धेरै लगानिमा डक्टर पढने र पहिलो डक्टरको उदेश्य भनेको आफुले पढेको लगानी कसरी उठाउने मात्रै सिमीत रहेकाले त्यसको सुधारको लागि सरकार लागि परेको बताए । मन्त्री ज्ञवालीले अबको १० बर्षपछि कोहि पनि बाध्यताले विदेश जानुनपर्ने बताए ।
भर्खरै मात्र सरकारले नीति तथा कार्यक्रम ल्याएकोले नयाँ योजनाका साथ आफूहरु अगाडि बढ्न खोजेको बताए । नेपालले सबै छिमेकीसंग सुमधुर सम्बन्ध राख्न चाहेकोले भ्रमणको विषयलाई बाहिर अनावश्यक टिप्पणी गर्नु आत्मघाती हुने उनले बताए ।
प्रधानमन्त्री केपी ओलीको चिन र भारत भ्रमणले दुवै देशसंगको सम्बन्ध सुदृढ भएको तथा आर्थिक हिसाबमा पनि समृद्धिको ढोका खुलेको ज्ञवालीको भनाई छ । ज्ञवालीले यातायात क्षेत्रको सिण्डिकेट हटाएको, विरोध गर्ने ठाउँ तोकेको, नेपालका लागि महत्वपूर्ण सम्झौताहरु गरेको तथा चिकित्सा क्षेत्र लगायतका महत्वपूर्ण विषयमा भ्रम फैलाउन खोजिएको आरोप लगाए ।
‘यो अवस्थामा पनि माइतीघर मण्डलमा विरोध हुन्छ, नागरिकलाई असर गर्छ, बिरामी मर्छ, भोकाको छाक रोकिन्छ,‘उनले भने, ‘यदि जनताले खान पाएनन् भने माइती घर मण्डलमा विरोध गर्दैमा लोकतन्त्र आएको महसुस हुँदैन ।
सरकारले सुदृढ लोकतन्त्र र विधिको शासनलाई पूर्णरुपले कार्यान्वयन गर्न खोज्दा पनि त्यसको गलत अर्थ लगाइएको ज्ञवालीको भनाई छ । गुल्मीको छत्रकोट गाउँपालिकाले शुक्रबारदेखि निशुल्क पूर्ण स्वास्थ्य परिक्षणको व्यावस्था शुरु गरेको छ ।
गाउँपालिका भित्रका ४० बर्षमाथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिने प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । सेवाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरेका छन् ।
गाउँपालिकाको ७३ लाख आर्थिक सहयोगमा नेपाल कार्डियो डायबिटिक एण्ड थाइराइड सेन्टर लाजिमपाट काठमाडौले सेवा दिने उनले जानकारी दिए । डाक्टर अनिल भट्राईको नेतृत्वमा ३२ जनाको समूहले वडा नम्बर ४ स्थित श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा दिने छ । छत्रकोटमा सात हजारभन्दा बढी नागरिक ४० बर्षउमेरभन्दा माथिका रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य कमलराज श्रेष्ट, दिनेश पन्थी, रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम अर्याल, गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल शसस्त्र प्रहरी प्रमुख डिएसपी प्रेमप्रकाश सिग्देल लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको आतिथ्यता सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend