साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार २७।
सामुदायिक रेडियो स्काईले पाँच दिने रेडियो उद्घोषण, पत्रकारिता तथा नेतृत्व विकास तालिम संचालन गरेको छ । तालिमको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै प्रमुख भुसालले अवको विकास समृद्धि संचारसंगसंगै हुनुपर्नेमा जोड दिएका छन् ।
उनले संचार बिना नागरिक र आफुहरुको सम्बन्ध अधुरो हुने भएकाले निस्पक्ष रुपमा आफुहरुलाई सचेत बनाउन सवै संचार माध्यम र पत्रकारहरुलाई आग्रह गरे । साथै उनले नेपालभर बजेट पास भइरहेका बेला रेसुङ्गा नगरपालिकामा अबरोध गर्ने काम लज्जाको बिषय भएको बताए ।
नगरप्रमुख भुसालले नगरपालिकामा आफुले राम्रो काम गर्न खोज्दा समेत अवरोध हुने कुराले आफु मात्रै असफल नहुने भएकाले सवै जनप्रतिनिधी जिम्मेवार बन्नुपर्नेमा जोड दिए । नगर सभा रोकिएको धेरै समय भएको छ ।
संचालनको लागि बहस र छलफल भैरहेको समेत उनले बताए । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामीले संचारमाध्यम र पत्रकार नै पत्रकार भएको नगरपालिकाकै राम्रा नराम्रा काम बाहिर नआउनु बिडम्बना भएको बताए ।
उनले आगामी दिनमा संचारमाध्यम र नगरपालिका संगसंगै अगाडी बढ्नुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मुक्तीराम अर्यालले पत्रकारिता क्षेत्र समाजको ऐना भएपनि पछिल्लो समय विश्वासमा संकट देखिएको बताए ।
कार्यक्रम रेडियो संचालक समिति उपाध्यक्ष हरि बहादुर केशीको अध्यक्षता, सचिव गोविन्द गौतमको स्वागत तथा समाचार प्रमुख टोपलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो । तालिम असार २९ गते सम्पन्न हुने रेडियो स्काईले जनाएको छ ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend