logo
  • आइतबार, असोज ११ २०८३

मुसिकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमकान्त पोखरेल, गुल्मी असार २५ ।
मुसिकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम न्यौपानेले गाउँपालिकाले हालसम्म गरेका कामरुको बारेमा जानकारी गराएका थिए ।

उनले हालसम्म ९३.७५ प्रतिशत रकम खर्च भइसकेको पनि जानकारी गराएका थिए । सवाग्रहीले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, विद्युत, कृषि लगायतका विषयमा जिज्ञासा राखेका थिए । ‘टोल–टोलबाट छनोट भएका योजनाहरु कतैबाट पनि सम्बोधन भएन् ।’ रामचन्द्र घिमिरेले भने, ‘योजना छनोट गर्दा सोसको आधारमा भयो ।

त्यस्तै मुसिकोट भ्वाचिदिका ज्ञानु सापकोटाले पनि नगरपालिकाले विशेषगरी युवालक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘अबको आर्थिक विकास भनेको कृषि हो, त्यसका लागि युवा परिचालन आवश्यक छ ।’ उनले भने, ‘त्यसको लागि नगरपालिकाले छिट्टै सोच्नुपनै समय आएको छ ।

त्यस्तै झविलाल भण्डारीले पनि नगरपालिकाले लिने कर प्रणली वैज्ञानिक नभएको भन्दै गुनासो राखे । ‘मुख्य सडकका नजिक र गाउँका विकट स्थानमा भएको जग्गाको कर एउटै लिइएको छ, यसले धेरै नागरिक मर्कामा परेका छन् ।’ उनले भने, ‘यस्तो ब्यवस्थालाई कसरी गाउँमा सिंहदरबार आएको भन्नु ?’

सेवाग्राहीका जिज्ञासाको जवाफ दिदैँ नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाले सबै ऐन, कानुनहरु आफै बनाउनुपर्ने भएकोले एक बर्ष त्यसमै वितेको बताए । त्यसका साथै नगरपालिकाले पुरा गर्न नसकिने अपेक्षा नागरिकका भएकोले पनि सोचेजति काम गर्न नसकिएको उनको भनाई छ ।

तरपनि नगरपालिकाले केहि महत्वपूर्ण आयोजनाहरु पुरा गरिसकेको र कति निर्माणधिनि रहेको उनले जानकारी थिए । आउदो असौजसम्म एक हजार मानिसको घरमा धारा पुग्ने, युवालक्ष्ति कार्यक्रमको लागि कृषि र खेलकुदलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी गराएका थिए ।

सेवाग्राहीले राखेको जिज्ञासाप्रति आफू गम्भिर रहेको भन्दै जायज मागहरुलाई प्रथमिकताका आधारमा पुरा गर्दै जाने प्रतिवद्धता उनले ब्यक्त गरे । त्यस्तै उपप्रमुख कमला शर्माले नगरपालिकाभित्र घट्ने हरेक घटनाको समाधान नगरपालिकामै हुने भएकोले न्यायका लागि सदरमुकाम जानुनपर्ने बताइन् ।

नगरपालिकाको न्यायीक समितिको संयोजक समेत रहेकी शर्माले आफूले निष्पक्ष ढङ्गले काम गरिरहेको र आगामी दिनमा पनि थप जिम्मेवारपनको बोध गर्दै काम गर्ने समेत प्रतिवद्धा ब्यक्त गरिन् ।

सार्वजनिक सुनुवाईमाफर्त नगरपालिकाले आगामी दिनमा सार्वजनिक सुनुवाईलाई वडास्तरमा पु¥र्याउने, योजनाहरु प्राथमिकताको आधारमा छनोट गर्ने, सेवा प्रहावलाई चुस्त दुरुस्त बनाउने लगायतका प्रतिवद्धा जनाएको छ ।

कार्यक्रम नगरप्रमुख सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष जनार्दन घिमिरे, नागरिक दैनिककर्मी शिव सुवेदी, गोरखापत्रकर्मी तिलाचन पाण्डे, एपी वान् टेलिभिजनकर्र्मी गंगा खड्का, एबिसी टेलिभिजनकर्मी हुमाकान्त पोखरेल र रेडियो पुस्पाञ्जलिका प्रकाश घिमिरेले सहजिकरण गरेका थिए ।


प्रकाशित मिति : २५ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend