logo
  • आइतबार, असोज ११ २०८३

स्थानीय तहको प्राथमिकतामा खानेपानी, चुनावी बाचा “एक घर एक धारा” पुरा हुँदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असार २४।
गत वर्ष सम्पन्न तीन वटै तहका चुनावका उमेद्वारको प्रमुख नारा ‘एक घर एक धारा’ हो । यो नारासंग धेरै नागरिक आशावादी र प्रभावित भए पनि । सधै खाईपिइ आएको धारामा पानी खस्ने नखस्ने शंकाकाबिच यो नारा पुरा गर्न जनप्रतिनिधीका लागि निकै चुनौतीको बिषय भएको सरोकारवाला बताउँछन् । तर केहि स्थानीय तहमा यो नारा पुरा हुँदै गएपछि नागरिकमा थप आशा पलाउन थालेको छ । नागरिकले लामो समय स्थानीय सरकार र जनप्रतिनिधिको अनुभुति गर्न पाएनन् । जसका कारण गाउँको विकास सोचे अनुसार अगाडी बढ्न सकेन् । अहिले स्थानीय तहहरु योजनाका साथ योजना र बजेट अगाडी बढाईरहेका छन् ।

कुमाल गाउँमा एक घर एक धारा : समुदाय हर्षित

मालिका गाउँपालिकाले वार्ड नम्बर ७ घमिरको कुमालगाउँबाट यो अभियान शुरु गरेको थियो । अहिले भर्खरै कुमाल गाउँ खानेपानी योजना माार्फत ४५ घरधुरीमा धारा निर्माण गरी खानेपानी पु¥याएका वडाध्यक्ष बेद प्रसाद पन्थीले बताए । गाउँपालिका अध्यक्ष रित बहादुर थापाले ‘एक घर एक धारा’ को उद्घाटन गरे ।

साहि गाउँपालिकाको वडा नं ४ अर्खबाङ्गको घडेरीमा घडेरी खानेपानी आयोजना सुरु भई हाल ४९ वटा धारा बनिसकेका छन् । आर्थिक बर्ष ०७५÷७६ मा खानेपानीको क्षेत्रमा मात्रै ७० लाखभन्दा बढी रकम गाउँपालिकाले विनियोजन गरेको गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर ६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

घरमै पानी आएपछि सोहि स्थानकी माया कुमालको खुसीको सिमा छैन् । ‘खोलामा गएर पानी ल्याउँथे, धारामा पानी थाप्दा पिटापिट समेत हुन्थ्यो,’उनले भनिन,‘घरमै धारो खस्ला भनेर सोचेकी पनि थिइन् । त्यस्तै धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकमा जैसिथोक लिफ्ङि खानेपानी आयोजना मार्फत ९३ घरमा एक घर एक धारा जडान गरिएको छ ।

वडा नं ६ धुर्कोट रजस्थल चौरका २३ घरमा एक घर एक धारा जडान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । केहि समय पहिले रजस्थलमै २७ घरधुरीमा खानेपानी पुगेको छ । भने एक सय ३३ घरधुरीलाई पुग्ने गरी अर्को योजना छिट्टै संचालनमा आउने पोखरेलले बताए ।

आर्थिक बर्ष ०७५÷७६ मा गाउँपालिकाले यो अभियानकै पूर्णताका लागि एक करोड ५० लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लोकहरी थापाले बताए । धुर्कोट गाउँपालिका ४ बरबोटकी तारा खनालले पानी घरमै आउँदा जुनी फेरिएको जस्तो महसुस भएको बताइन् । उनले धेरैको जीवन एक÷डेढ घण्टा पानी बोकेर बितेकाले घरमै पानी आउँदा निकै खुसी भएको बताइन् ।

मुसिकोटमा एक वर्षभित्र : एक हजार परिवारमा खानेपानी

मुसिकोट नगरपालिका वडा नम्बर ६ स्वाँरामा गोर्खा वेल फेयरको सहयोगमा ४२ घरमा धारा पहिलेदेखि नै संचालनमा छन । वडा नम्बर ९ उर्लेनीमा पहिलेदेखि नै पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा ३५ घरधुरीमा सेवाले घरघरमै खानेपानी पिउन्दै आएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत घनश्याम न्यौपानेले बताए ।

नगरपालिकाले वार्ड नम्बर २ देउरालीको सौरपाटामा एक सय ८१ घरधुरीलाई पुग्ने गरी खानेपानी योजना संचालनमा ल्याएको छ । आउने असोजमा निर्माण सकिने छरधारा बाङ्गे खिफ्टिङ खानेपानी योजना निर्माण भैरहेको छ । जसबाट एक सय ८४ घर लाभाम्बित हुने नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

त्यस्तै वडा नम्बर ६ भुवाचिदिमा बेल्टारी भुवाचिदि खानेपानी योजना, ठूलापधेरा बासिकोट खानेपानी योजना र खस्थोक खानेपानी योजना निर्माणको काम पनि भैरहेको सापकोटाले जानकारी दिए । जुन योजना सम्पन्न हुँदा तीन सय ४३ घर परिवारमा खानेपानी पुग्ने लक्ष्य नगरपालिकाको छ ।

आर्थिक बर्ष ०७५÷०७६ मा खानेपानीका लागि नगरपालिकाले तीन करोड रकम बिनियोजन गरेको छ । जिल्लाका रेसुंगा नगरपालिका इस्मा, मदाने लगायतका गाउँपालिकाले पनि एक घर एक धारा अभियान अन्तरगत ५० लाखदेखि तीन करोडसम्म बजेट बिनियोजन गरेर काम गरिरहेका छन् ।


प्रकाशित मिति : २४ असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend