logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा एकथान बन्दुक र ३ सकेट बम फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असार २३ ।
गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङ्गमा तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको छ । अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धवेदीले जानकारी दिए ।खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा कम्व्याड कपडाले बेरेको अवस्थामा तीन थान सकेट बम फेला परेको द्धवेदीले बताए । बम फेला परेको १० मिटर तल ओडारमा हर्नेट बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले बम फेला परेपछि अस्थायी प्रहरीपोष्ट अर्खबाङ्गलाई खबर गरेका थिए । सोहि अर्खबाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले नजिकै खोजतलास गर्दा बन्दुक पनि फेला पारेको थियो ।

सो बम र बन्दुक द्धन्द्ध कालमा गाडेर राखेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बम डिस्पोजलका लागि बिरभद्रजंग गुल्म धागीधुमबाट नेपाली सेनाको टोली घटना स्थल तर्फ लागेको गुल्मपति जनमत कार्कीले बताए ।


प्रकाशित मिति : २३ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend