logo
  • आइतबार, असोज ११ २०८३

जनबादी कलाकार बिसिले घर्तीका लागि जुटाए १ लाख ३६ हजार रुपैया


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम बिस्ट, रोल्पा असार २२ ।
रोल्पा रुन्तिगढी १ साबिकको जौली पोखरी निबासी जनबादी कलाकार अर्थात समाजसेवी धनेस बिसिको नेतृत्वको टिमले बिगत ३ बर्ष देखि साउदी अरबमा २२,५००० रियल बलड मनिमा फसेर जेल जीवन बिताइरहेका रोल्पा धबाङका दिल बहादुर घर्तीको रिहाइको लागि थप रकम जुटेको छ ।

त्यहा कार्यरत श्रमिक दाजुभाइ सङ्ग आर्थिक संकलनको लागि हातेमालो गर्दै घर्तीको श्रीमती मनिका बुढा मगर लाइ १,३६,२६० (एकलाख छत्तीस हजार दुइसय साठी )रुपैया हस्तान्तरण गरेका छन । रोल्पाली बिसि पनि युद्ध संग जोडिएको जीवन कहानी छ ।

उनी क्रान्तिकारी बिद्यार्थी संगठनबाट आबद्ध हुँदै राजनीति यात्रा शुरु गरेका बिसि जनबादी गाएक पनि हुन स्थानीय कलबहरुमा निर्देशक रहदै प्रबास भासिएका थिए कतारमा रहदा जलजला सेवा समाजमा आबद्ध रहेर काम गरेका थिए भने अहिले रोजगारीको शिलशिलामा साउदिमा छन ।रुन्तिगढीका धनेस बिसिका अनुसार मिलन रसाइली साउदी एम्मु बात रु ४४,०७७ सुन्दर रोका धनेश बि सि साउदी जुबेल बात रु २७,१९७ प्रेम मगर र पिम मगर साउदी दमाम बात रु २४५९० यमु सङ्गम साउदी रियाद हाइल बात ४०,३९६ गरि जम्मा रु १,३६,२५४ रुपैया बैंक मार्फत पठाइएको जानकारी गराएका छन ।

कलाकार बिसिले आफुलाई सहयोग गर्नु हुने टिम र सम्पुर्ण सहयोगी दाताहरुलाई सन्जाल मार्फत एकमुष्ट धन्यवाद दिएका छन । भने मुल समितिका दिपेश पुनले अभियान्ता टिम र सहयोगी सबैलाई धन्यवाद दिएका छन ।


प्रकाशित मिति : २२ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend