logo
  • शनिबार, असोज १० २०८३

डा. केसी र गंगामाया अधिकारीको आन्दोलनमा कांग्रेसको ऐक्यवद्धता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, असार  २० ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न तीन जना सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले जुम्लामा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदलाई जुम्ला पठाउने निर्णय गरेको हो ।

 बैठकले चिकित्सा शिक्षा विधेयक तथा सरकारको निषेधाज्ञालगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले डा. केसीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार जुम्लाका सांसद प्रेम रसाईली स्नेही, रंगमती शाही र दिनवन्धु श्रेष्ठलाई पठाउन लागेको हो । कांग्रेसले वीर अस्पतालमा अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि तीन जना सांसदको टोली पठाउने निर्णय गरेको बताइएको छ ।

‘‘बैठकले गंगामायाको स्वास्थ्य अवस्था बुझन र उहाँको आन्दोलनमा ऐक्ववद्धता जनाउन आजै तीन सदस्यीय संसदीय टोली वीर अस्पताल पठाउने निर्णय गरेको छ,’’ मुख्य सचेतक खाँणले भने ।

जेठ १५ गतेबाट आफ्ना छोराको हत्यामा संलग्नमाथि सर्वोच्च अदालतले दिएको आदेश बमोजिम कारवाहीको माग गर्दै अनशनरत अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन सांसदहरु पार्वता डिसी चौधरी, डा. अमरेशकुमार सिंह र वेदप्रकाश तिमल्सिनालाई बुधबार दिउँसो ३ वजे वीर अस्पताल पठाउने निर्णय गरेको मुख्य सचेतक खाँणले बताए ।

कांग्रेस संदसीय दलको वैठकले सरकारलाई उपत्यकामा तोकिएको निषेधाज्ञा र मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेको छ । प्रतिपक्षी दलको माग सरकारले सम्बोधन नगरे निषेधाज्ञा तोडिने खाँणले जानकारी दिए ।
बार्हखरी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend