साझा नेटवर्क
शँकर भुसाल, गुल्मी असार १९ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका कै शैक्षिक नजिताको हिसाबमा पहिलो बनेको देबिस्थान माध्यामीक बिधालयमा आर्थीक संटक भएको छ । दश वटा माध्यामिक तहका बिधालय रहेको मालिका गाउँपालिमा शिक्षाका हिसाबले एक नम्बरमा देखिएको बिधालय नै आर्थीक संकटमा परेपछि बिधालयका शिक्षक हरुले न त तलब खान पाएका छन् न त सहज तरिकाले अध्यापन गराउन नै पाएका छन् ।
जताततै हिलो मात्रै न पानीको सुबिधा छ, न राम्रो शौचालय, यस्तो समस्या भएता पनि शिक्षकको राम्रो अध्यापन र बिधार्थीहरुको मेहनतले गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षामा मालिका गाउँपलिका कै उत्कृष्ट बिधालय बन्न पुग्यो । यो नतिजाले गाउँपालिकाले खुसि ब्यक्त त गरेन नै अझै बिधालय खारेजीको कुरा सुनायो ।
गाउँपलिकाको यो कुरामा स्थानियले वास्ता नगरी बिधार्थीहरुबाट मासिक शुल्क र तिहारमा भैलो खेली रकम संकलन गरेर जेनतेन अहिलेसम्म चलाईएको छ । पढ्ने कक्षा कोठाको अभाबमा बिधार्थीहरुलाई एउटै कक्षामा दुईवटै कक्षा राखेर अध्यापन गराईएको छ ।
बेन्चको अभावमा बिधार्थीहरु पिर्कामा बसेर पढ्छन । कम्प्युटर कक्षा छ तर बिधुत छैन । शौचालय एउटै छ । तलब नखाएको पनि ९ महिना हुन लाग्यो अँग्रेजी बिषयका शिक्षक हेमराज घिमिरेले गुनासो पोख्नुहुन्छ । उता बिधालयका प्रधानाध्यापक नारायण प्रसाद अर्याल पनि गुनासो गर्दै भन्नुभयो ।
किन गाउँपलिकाले पालिका मै उत्कृष्ट बिधालयलाई यस्तो व्यवहार गर्छ यसमा हामी अत्यन्तै निरास बनेका छौँ । नत दरबन्दी मिलान गर्छ न बजेट मा उत्कृष्ट बिधालय भनेर फरक नजरले नै हेर्छ । यसरी किन सौतेनी छोराको व्यवहार गर्छ हामीले बुझ्नै सकेका छैनौँ । किन गाउँपलिकाले शिक्षालाई अगाडी लैजान नचाहेको हो ।
यता बिधार्थी का अभिभावक पनी यसो भन्छन । हामीले त जुन बिधालयले नतिजा राम्रो देखाउँछ त्यही बिधालयमा छोराछोरी पठाउँछौँ । तर बिधालयको यो अवस्था देखेर पनि किन गाउँपलिका नतमस्तक बनेका यो कुरामा हामी अचम्म परेका छौँ । बिधालको बेन्चहरु भाँचिएका छन । छरपस्ट फोहोरहरु फ्याँकिएको छ ।
बिधालयको स्टाफ रुम पनि पाटेसन गरेर कक्षा चलाईएको छ । यसमा गाउँपालिका का कुनैपनि प्रतिनिधी को नजर पुग्न सकेको देखिएन । बिधालयका प्रअ थप्दै भन्नुभयो “के बिधालयलाई उकासियोस के खारेज गरियोस यो अवस्थाले हामी बिधालय चलाउन सक्दैनौँ ।” 





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend