साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं ।
अविरल वर्षाले भैरहवाबाट हुने सम्पूर्ण उडान वर्षाका कारण स्थगित भएको गौतम बुद्ध विमानस्थलका प्रमुख टेकराज पोख्रेलले जानकारी दिए।
बिहानैदेखि वर्षा जारी रहेकोले भिजिविलिटी कम हुँदा उडान स्थागित गर्नुपरेको बताए। उनले भने, ‘बिहानैदेखि पानी परिरहेको छ, जसका कारण भिजिविलिटी क्लियर नहुँदा आज भर्ने सबै हवाई उडान स्थागित गरेका छौँ।’
उनका अनुसार करिब १३-१४ हवाई उडान हुनुपर्ने भएपनि वर्षाले सबै उडान स्थागित भएको छ।उनले भिजिविलिटी क्लियर नभएसम्म उडान नहुने जानकारी दिए । गत २४ घण्टामा भैरहवामा १ सय ६६ दशमलव ३ मिलिलिटर वर्षा भएको मापन गरिएको गौतमबुद्ध विमानस्थलको मौसम शाखाले जनाएको छ।
यो समान्य वर्षाभन्दा बढी भएको हो। जसका कारण सबै हवाई उडान प्रभावित भएको छ। आइतबार २४ घण्टामा भैरहवामा ६३ दशमलव २ मिलीलिटर वर्षा भएको थियो। रासस
प्रकाशित : मिती १८ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend