logo
  • आइतबार, असोज ११ २०८३

अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , बुटवल असार १८ ।
पृथ्वीराजमार्ग अन्तर्गतको नारायणगढ मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको स्थानमा बाटो अवरुद्ध हुँदा सवारीसाधनहरू सडकमै रोकिएका छन्।बिहान करिब ८ बजेतिर ईच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिक पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अत्यधिक वर्षाका कारण बाटो पन्छाउन नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिन जानकारी दिएको छ।

ईच्छाकामना गाँउपालिका ६ स्थित चार किलो, जलविरे, तोपे खोलामा बिहान ६ बजे पहिरो गएको थियो। पहिरो पूर्ण रुपमा पन्छाउन नसकेपछि एकतर्फी सञ्चालन गरिएको सडक अर्को पहिरोले पूर्ण रुपमा बन्द गरेको हो। बाटोको स्तर सुधार भएपनि वर्षा हुने बित्तिकै पहिरो जाने गरेको छ।

पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ। कमजोर भूवनोट भएकै कारण पहिरो रोकथाम गर्न नसकिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। रासस


प्रकाशित : मिती १८ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend