logo
  • आइतबार, असोज ११ २०८३

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं, असार १८ ।
पहिरोका कारण अवरुद्ध भएको पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । दुईतर्फी नै बाटो खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । बुटवल – पाल्पा सडकखण्डमा पर्ने तिनाउँ गाउँपालिका ३ को हेडबक्स नजिकै राति पहिरो खसेको हो ।रातिदेखि बाटो अबरुद्ध हुँदा स्याङजा, पोखरा, बाग्लुङ, अर्घाखाँची, गुल्मी र पाल्पाका बिभिन्न ठाउँ हुँदै बुटवल ओहोर दोहोर गर्ने यात्रु अलपत्र परेका छन् ।

यस्तै पहिरोका कारण नारायणगढ –मुग्लिन सडकखण्ड बन्द भएको छ । पहिरो खसेपछि बिहान केहीबेर एकतर्फी गाडी सञ्चालन भए पनि अहिले दुईतर्फी नै बाटो बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ ।

मुग्लिन – नारायणगढ सडकखण्डको चारकिलो र जलबिरेमा पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : १८ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend