logo
  • आइतबार, असोज ११ २०८३

धान दिवसको अवसरमा किसानलाई मिनिटेलर वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ असार १५ ।
बडिगाड गाउँपालिका कार्यालयले असार १५ अर्थात धान दिवसको अवसर पारेर किसानहरुलाई मिनीटेलर (जोत्ने सानो ट्याक्टर) वितरण गरेको छ। बडिगाड गाउँपालिका भित्रका २३ वटा कृषक समुहलाई प्रति समुह १ ओटाको दरले २३ ओटा मिनिटेलर वितरण गरिएको हो।

मिनिटेलर वितरण गर्दै वडिगाड गाउँपालीकाका अध्यक्ष मेयरसिंह पाइजाले कृषकहरुले आधुनिक प्रविधि, विउ र मलखादको प्रयोगवाट कृषिलाई व्यावसायीक वनाउन सक्ने वताउनु भएको छ।

कृषिलाई आधुनिकिकरण र व्यावसायीक वनाउनु नै अहिलेको चुनौती रहेको भन्दै व्यावसायीक कृषिमा उत्प्रेरीत हुन युवाहरुलाई आह्वान गर्नुभएको छ। सो कार्यक्रममा वडिगाड गाउँपालिका भित्रका सवै वडाका वडा अध्यक्ष हरु सहित कृषकहरुको सहभागिता रहेको थियो।

बडिगाड गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर वितरण गरिएको हो। प्रति मिनिटेलर ५५ हजार मुल्य पर्ने र गाउँपालिकाको अनुदानको कारण कृषक समुहले २७ हजार ५ सयमा सो साधन प्राप्त गरेका हुन्।

वडा नं. ५ ग्वालीचारका स्थानिय शिक्षक समेत रहनुभएका कृषक वेद प्रसाद घिमिरेले गाउँपालिकाको सहयोगले आफुहरु उत्साहित भएको वताउनु भएको छ।

वडा नं. २ का नेर वहादुर रानाले आफूहरुले मिनिटेलरको सहि उपयोग गर्ने वताउनु भएको छ। मिनिटेलर पाउँदा कृषकहरु उत्साहित देखिएका थिए ।


प्रकाशित मिति : १५ असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend