logo
  • आइतबार, असोज ११ २०८३

माध्यमिक शिक्षा परिक्षा SEE मा उत्कृष्ट ३ विद्यार्थी पुरस्कृत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम बिष्ट रोल्पा असार १५।
रोल्पा लुङग्री ६ गुम्चालमा रहेको श्री जन ज्योति माध्यमिक बिधालयको माध्यमिक शिक्षा परिक्षा SEE २०७४ का परीक्षार्थीहरुलाइ बिदाई तथा उत्कृष्टलाई अभिनन्दन कार्यक्रम आज बिधालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएकोछ ।उक्त कार्यक्रमको बिशेष अथितिमा लुङग्री गाउँपालिका ६ नम्बर वडाध्यक्ष यामलाल बिष्ट, रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतारका महासचिव चोम बिष्ट रहेका थिए ।

अथितीमा रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतारका सचीव गङगा रोका, बिरन बुढाथोकी, पुर्व बिधालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ बहादुर बुढाथोकी, लुङग्री गापा ६ नम्बर वडा सदस्य लिगम रोका, स्वास्थ्य चौकी निमित्त इन्चार्ज दालु राणा, बन्दना बिक, अभिभावक संघका अध्यक्ष डाक बहादुर रोका लगाएत विद्यार्थी शिक्षक अभिभावक समाजसेवी बुद्धिजीविको बाक्लो उपस्थित रहेको थियो ।

कार्ययक्रम स्वागत मन्तव्य शिक्षक जुगलाल शर्मा ले उपस्थित विद्यार्थी सबैलाई धन्यवाद दिदै २०७४ सालको माध्यमि शिक्षा बाट उतिर्ण हुनेलाइ जोस जागरका साथमा अगाडि बढ्नको निम्ति ध्यानाकर्षण गराएका थिए ।

शुभकामना मन्तव्यमा गङा रोका, बिवस थापा, दालु राणाले उतिर्ण हुने विद्यार्थीलाई बधाई तथा सफलता शुभकामना सहित चोम बिष्टले रोल्पा गुम्चाल प्रवासी सेवा समाजको बारेमा प्रष्ट पार्दै यो समाज गुम्चालको निम्ति साझा सस्था रहेको see परिक्षाबाट उत्कृष्ट बिद्यार्थीलाई समेत पुरुष्कृत तथा सम्मान गरेको बताए ।

त्यस्तै यामलाल बिष्टले सफल हुने विद्यार्थी र अध्यापन गराउने शिक्षक व्यवस्थापन मिलाउने समिति सबैको भुमिका रहेको बताउदै शिक्षा क्षेत्रमा सबै सरोकारवालाको ध्यानाकर्षण हुनमा जोड दिएका थिए।

त्यस्तै रोल्पा गुम्चाल प्रवासी सेवा समाजको तर्फबाट SEE परीक्षामा बिधालय प्रथम मिना बुढाथोकी ८५% लाई सात हजार, द्वितीय अस्मिता बुढा मगर ८३% लाई पाँच हजार, तृतीय केशम बिष्ट ८१% लाई तिन हजार समाजको तर्फबाट गङा रोका, चोम बहादुर बिष्ट, बिरेन बुढाथोकीले हस्तान्तरण गर्नु भएको थियो।

यसका साथै प्रवासमा रहेर पनि आफ्नो जन्म भूमी तथापी आफुले भोगेका पीडा र बिडम्बनाका घनिभूत परिदृष्यलाई मध्यनजर गर्दै भविष्यमा यी बिध्यार्थी भाईबहिनीहरुमा हाम्रो जस्तो बिदेशीनु नपरोस शैक्षिक क्षेत्रलाई आत्मसाथ गरि पढाईमा थप उर्जा मिलोस भनेर नै थोरै भए पनि प्रवासबाट यो सहयोग गरिएको सस्थाका अध्यक्ष श्री पूर्ण बिष्टले फोन तथा पत्र मार्फत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको बिच बिचमा विद्यार्थी भाइ बहिनीहरुले विभिन्न हासो व्यंग्य प्रस्तुति दिएर कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए। त्यस्तै बिधालयले पनि माध्यमिक शिक्षा परिक्षाबाट उत्कृष्ट हुने तिनजनालाइ पुरुषकार बितरन संगै उपस्थित see बाट सफल भएका विद्यार्थीलाई बिधाइ गरेको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई बिशेश धन्यवाद सहित समापन गरेका थिए भने कार्यक्रम संचालन लालबहादुर बुढाथोकीले गरेका थिए ।


प्रकाशित मिति : १५ असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend