logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा बालिका बलात्कार गरेको आरोपमा कार्की पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी असार १४ ।
गुल्मीको इस्मा गाउँपालिका २ का ३९ बर्षिय प्रेम बहादुर कार्कीलाई ११ बर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मदिरा सेवन गरेका कार्कीले असार ११ बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए । आरोपितले पाँच बजेको समयमा आफ्नो घरमा पानीको पाइप जोडन गएकी बालिकालाई जवरजस्ती घरमा लगेर बलात्कार गरेर फरार भएका थिए । बालिकाको परिवारले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे ।

खोजतलास गर्दै जाँदा तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा कार्कीलाई प्रहरीले पक्राउ गरेको असई यादवले बताए । अदालतबाट म्याद थप गरि बाँकी अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरिएको थियो ।


प्रकाशित मिति १४ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend