logo
  • आइतबार, असोज ११ २०८३

वन वन्यजन्तु र वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हेम विश्वकर्मा, बागलुङ असार १२ ।
बडिगाड गाउँपालिका २ खर्वाङमा आज एक कार्यक्रमका बिच वन वन्यजन्तु र वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका बडिगाड गाउँपालिकाका अध्यक्ष मेहेरसिँह पाइजाले ब्यानर वाचन गरेर कार्यक्रमलाइ उद्घाटन गरेका थिए ।उक्त कार्यक्रमा बोल्दै अध्यक्ष पाइजाले वातावरण संरक्षणमा हरेक नागरिकको महत्त्वपुर्ण भुमिका रहने , त्यसलाइ संरक्षण गर्नको लागि जिम्मेवार ब्यक्ति सँगै सम्पुर्ण नागरिकमा सचेतना छर्न जरूरी रहेको बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा प्रशिक्षण दिँन आउनुभएका जिल्ला वन कार्यलय बाग्लुङका सायक वन अधिकृत उमेन्द्र अर्यालले बिभिन्न वनस्पति , वन्यजन्तु , र वातावरण सँग सम्बन्धित रहेका समस्या तथा समाधानका उपाएको बारेमा जानकारी दिनुभएको थियो ।

जिल्ला वनकार्यलय बाग्लुङले आयोजना गरेको कार्यक्रमको समोन्य इलाका वन कार्यलय खर्वाङका फरेष्टर तथा प्रमुख दिपक श्रीसले गर्नुभएको थियो ।

बिभिन्न वडाका प्रमुख तथा प्रतिनिधि , सरकारी तथा गैरसरकारी निकाएका प्रमुख तथा प्रतिनिधि , सुरक्षाकर्मी एबम् सञ्चारकर्मी को उपस्थिति रहेको कार्यक्रमको सञ्चालन इलाका वन कार्यलय बुर्तिबाङका फरेष्टर खिम श्रीसले गर्नुभएको थियो ।


प्रकाशित मिति : १२ असार २०७५।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend