साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ ।
साझा नेटवर्क डटकमका रङ्ग पत्रकार, संचारकर्मी तथा समाजसेवी सुर्य चन्द सम्मानित भएका छन् । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्गी श्रेष्ठको हातबाट “दक्ष इन्टरनेश्नल पत्रकारिता अवार्ड २०१८” बाट संचारकर्मी सुर्य चन्दलाइ सम्मानित गरिएको थियो ।
लामो समय देखि निष्ठा र समर्पणभाबका साथ पत्रकारिता मार्फत संचार क्षेत्रमा सधानारत रही सत्य तथ्य सुचनामुलक समाचारहरु प्रबाह गरि नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहदै आएको र समाजमा रहेका बिकृति विसंगति बिरुद्ध विभिन्न संचार गृहमा आबद्द भई पत्रकारिताको माध्यमबाट आम नेपाली पाठक माझ सचेतना फैलाउदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरुप तथा महत्वपुर्ण सेवा भाब लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली संचार क्षेत्रको संरक्षण, सम्बर्धन र बिकाशको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै संचारकर्मी सुर्य चन्दलाइ सम्मान प्रदान गरिएको थियो ।
बर्षेनी हुने यस कार्यक्रममा विभिन्न विधामा ख्याति कमाएका तथा आफ्नो कार्य बाट समाजमा महत्वपुर्ण योगदान दिन सफल व्यक्तित्वहरुलाई सम्मान गरिदै आएको कुरा दक्ष इन्टरनेशनल प्रालिका अधक्ष्य टेकराज पाण्डेले बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend