साझा नेटवर्क
सुर्य चन्द, चितवन असार २ ।
टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को पहिलो अडिसन असार ९ गते शनिबार हुने भएको छ ।
चितवनको होटल मनास्लु पुल्चोक नारायणगडमा बिहान १० बजे देखि सुरु हुने यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन ।
टप वान मिडिया प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले अहिले धमाधम फर्म वितरण भईरहेको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष माथिका र +२ अध्यन गर्दै गरेका र +२ दिएर अथवा पास गरेर बसेका बिध्यार्थीहरुले भाग लिन सक्नेछन ।
यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ ।
जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend