साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १ ।
इस्मा गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परिक्षा आफैले संचालन गर्ने निर्णय गरेको छ । प्रावि, निमावि र माविका तहमा कक्षा नौ र १० को आन्तरिक परिक्षाको सवै व्यावस्थापन र संचालन गाउँपालिकाले गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोखरेलले बताए ।
अहिले सम्म शैक्षिक उन्यन केन्द्र सिमलटारीले परिक्षा संचालन गर्दै आएको थियो । इस्मा गाउँपालिकामा सात मावि, १२ निमावि र २४ प्रावि गरि ४३ सामुदायिक बिद्यालय छन् ।
सवै सामुदायिक बिद्यालयको परिक्षा प्रणालीमा एकरुपता ल्याउने अपेक्षाका साथ गाउँपालिकाले यो निर्णय गरेको हो । अब बिद्यालयका प्रथम त्रैमासिक, अर्ध बार्षिक र बार्षिक परिक्षा गाउँपालिले संचालन गर्नेछ ।
यो कदमले प्रश्न पत्र र उत्तरकुञ्जिका निर्माण तथा मुल्यांकलन गर्ने शिक्षकहरुको आन्तरिक क्षमतामा विकास हुने गाउँपालिकाका शिक्षा शाखा संयोजक लाल बहादुर कुवंरले बताए ।
अभिभावबाट परिक्षाका लागि लिदै आएको शुल्क गाउँपालिकाले व्यावस्थापन गर्ने भएको छ । अब बिद्यार्थीले कुनै अतिरित्त शुल्क तिर्नु पर्दैन ।
राज्यले निशुल्क शिक्षा भने पनि अभिभावकलाई परिक्षा शुल्क तिर्नुपर्ने बाध्यता थियो,’इस्मा गाउँपालिका ३ का मनिराम अधिकारीले भने,‘गाउँपालिकाको यो निर्णले सवै जना उत्साहित छन् ।
साथै गाउँपालिकाले यो बर्षको प्रथम त्रैमासिका परिक्षा ११ असारबाट संचालन गर्ने र २२ असारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको शिक्षा शाखा संयोजक कुवंरले बताए ।
अहिले इस्मा गाउँपालिकाले सवै सामुदायिक बिद्यालयका शिक्षकहरुको क्षमता बिकासमा जोड दिएको छ । जसका लागि विभिन्न तालिम, अभिमुखिकरण र गोष्टिहरु संचालन भैरहेको गाउँपालिकाले जनाएको छ ।
सोहि अनुसार गाउँपालिकाले प्राथमिक तहका गणित ४३ जना शिक्षहकहरुलाई आन्तिरिक क्षमता विकासका लागि पाँच दिने पुर्नताजकी तालिम दिएको छ ।
त्यस्तै प्रावि र निमावि तहका ३४ जना शिक्षकले १० दिने कम्पयुटर तथा आइसिटी सम्बन्धी तालिम लिएको गाउँपालिकाका सुचना तथा प्रविधी अधिकृत बाबुलाल थापाले बताए । साथै अंग्रेजी र सोहि भाषामा पढाई हुने १२ वटा प्राविका २४ जना शिक्षकका लागि क्षमता विकास तालिम प्रदान गरिएको छ ।
यो बर्ष गाउँपालिकाले छ वटा बाल विकास केन्द्र थप गरेको छ । अब गाउँपालिकाका सवै बिद्यालयमा बाल विकास कक्षा संचालन भएको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए । शिक्षा नियमावली तर्जूमा गरी कार्यान्वयनमा रहेको छ ।
गाउँशिक्षा समिति गठन भई विद्यालयहरुको तह, कक्षा समायोजन तथा थप गर्ने प्रयोजनका लागि कार्यदल गठन भई स्थलगत अध्ययन÷अनुगमन भैरहेको अध्यक्ष बिष्टले बताए । साथै निजी स्रोतमा सन्चालित विद्यालयहरुलाई कार्यविधि निर्माण गरि ४४ लाख अनुदान पठाइएको छ ।
१० वटा सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट सिकाई सन्चालन गरी शिक्षालाई सुदृढिकरणको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोखरेलले बताए । त्यस्तै विद्यालयहरुमा पाठ्य पुस्तक खरिदको लागि बजेट निकासा गरी पाठ्य पुस्तक वितरण भैसकेको छ ।
साथै महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त बिद्यालय इस्मा गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । गाउँपालिकाका सम्पूर्ण निमावि र माविका छात्राहरुलाई सुरक्षित महिनावारीका लागि अभिमुखीकरण गरी सेनेटर प्याडको व्यवस्था मिलाइएको उपाध्यक्ष खत्रीले बताइन् ।
इस्मा गाउँपालिकाका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहार, घरेलु तथा महिला हिंसाका बिषममा सचेत बनाउन थालिएको छ ।
इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा सुकर्म फाण्डेशनले गाउँपालिकाका आठ माविमा बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहार, घरेलु तथा महिला हिंसाका बिषयमा अभिमुखिकरण गरेको हो ।
पहिलो चरणमा हिमालय मावि, आनन्दपुर, रामराज्य मावि र ठाढुङ्गा माविमा कार्यक्रम सकिएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए । दोस्रो चरणमा गोन्दिरत्ना मावि, ओम प्रसाद गौतम मावि, पालुखा मावि र देविस्थान माविमा स्कुल शिक्षा संचालन गरिने छ ।
प्रवत्ता अधिकारीले बिद्यार्थी मार्फत परिवार सचेत बनाउन स्कुल शिक्षा संचालन गरिएको बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र अन्य मानवअधिकारबादी संघसंस्थाका प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend