logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा उपभोक्ता जागारण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री , गुल्मी जेष्ठ ३१ ।
गुल्मीमा उपभोक्ता जागारण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा उपभोक्ताको हक हितको बारेमा जिल्ला अभिबक्ता बिष्णु बलाललले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीले उपभोक्ताको हितमा गरेका कार्यक्रमहरुको बारेमा प्रशासनका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीले प्रस्तुत गरेको थिए । कार्यक्रमा अधिबक्ता बलालले उपभोक्ताको हितमा भएका कानुनी अबस्थाहरुसँगै अधिकारहरुको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
उनले नयाँ संबिधान जारी पछी उपभोक्ताका अधिकारहरु बारेमा भएका अधिकार र कनुनी अबस्थाहरुमा पनि जानकारी गराएका थिए । कार्यक्रममा प्रशासकिय अधिकृत पन्थीले जिल्ला प्रशासन कार्यलय गुल्मीले बजारमा उपभोक्ताको क्षेत्रमा भए गरेका प्रगतीहरुको बारेमा कार्यक्रमा राखेका थिए । उनले बर्तमान अबस्थासँगै आगामी दिनहरुमा गर्नुपर्ने कामहरु समेत  प्रस्तुत  गरेका थिए ।

कार्यक्रममा नागरिक समाजका पदमप्रसाद पाण्डेयले बजारमा मुल्य बृद्धिसँगै छाडापन भित्रिन थालेको प्रति ध्यान जानुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा बजारमा सुस्म तरिकाले निगरानी बढाउनु पर्नेमा जोड दिए । कार्याक्रममा अन्य सहभागिले उपभोक्ताको हितमा सबै सजक भएर उपभोग्य बस्तु बिक्री बितरण हुनुपर्नेमा जोड दिएका थिए । उनिहरुले किन्ने र बेच्ने सबै सजक भएर उपभोक्ता हित अनुरुप चल्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको अध्यक्षमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुखहरु, उपभोक्ता अधिकारकर्मी, पत्रकार नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend