logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको बडीगाडमा अपांगता भएकाहरुका लागि तालिम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ जेठ २९ ।
अपांगता भएका व्याक्तिहरु, स्थानिय तहका जनप्रतिनिधि र सरकोकारवाला निकायका पदाधिकारीहरुको लागि अपांगता अधिकार ऐन र अपांगता भएका व्याक्तिले प्राप्त गर्ने सेवा सुविधाको प्रभावकारी कर्याान्वयन सम्वन्धि लागि २ दिने प्रशिक्षण कार्यक्रम ग्वालीचौरमा सम्पन्न भएको छ।

वडिगाड गाउँपालिकाको आर्थिक सहयोग, अपांगता सरोकार संघ बागलुङ र अपांगता भएका व्याक्तिहरुको गाउँपालिका स्तरीय संजालको संयुक्त आयोजनामो सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको समापन कार्यक्रममा महिला तथा वालवालिका कार्यालयका महिला विकास निरिक्षक रचना आचार्य, अपांगता सरोकार संघ बागलुङका कोषाध्यक्ष धर्मराज आचार्य, नेपाल अपांग उत्थान समाज पर्वतका सचिव तथा अपांग अधिकार कर्मि जमुना आचार्य लगाएतले समापन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो कार्यक्रममा कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले कार्यक्रमको उद्धेश्य र त्यसले पार्ने प्रभावको विषयमा प्रकाश पार्नुभएको थियो। कार्यक्रम संजालका अध्यक्ष महानन्द घिमिरेको अध्यक्षता, सदस्य कृष्ण परियारको स्वागत मन्तव्य तथा सचिव राजेन्द्र श्रीसको संचालनमा सम्पन्न भएको थियो।

स्थानिय निकाय र अपांगता भएकाहरुको विचको दुरी कम गर्दै समावेशिकरण गर्ने उद्धेश्य सहित संचालित तालिममा ५२ जना अपांगता भएकाहरुको सहभागिता रहेको छ।

सो कार्यक्रम तालिमको महिला विकास निरिक्षक रचना आचार्य, अपांग अधिकार कर्मि जमुना आचार्य, जगन्नाथ शर्मा र कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो।

अपांगता सरोकार संघले केहि दिनमै निशिखोला गाउँपालिकामा पनि कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ।


प्रकाशित मिति : २९ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend