साझा नेटवर्क
अनिल खत्री , गुल्मी जेष्ठ २९ ।
गुल्मीमा मेघा बैंकले ५ स्थानमा शाखा रहित बैंकीङ्ग शाखा बिस्तार गरेको छ । जिल्लाका ग्रामीण भेगमा पनि बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले ५ स्थानमा शाखा रहित बैंकीङ्ग शाखा बिस्तार गरेको मेघा बैंकका गुल्मी शाखा प्रमुख शालिक पन्थीले जानकारी दिए ।
बैंकले मुसिकोट नगरपालिका अन्र्तगत इन्द्रेगौडा, भुवााचदी, छत्रकोट गाउँपालिकाको मनभाक, मानकोट, मालिका गाउँपालिकामा पनि शाखा रहित बैंकीङ्ग शाखा बिस्तार गरेको जनाएको छ । शाखा रहित बैंकीङ्ग शाखाबाट नयाँ खाता खोल्न रकम जम्मा गर्न र निकाल्न,रेमिटान्स सेवा पनि लिन सकिने बैंकले जनाएको छ ।
ग्रामीण स्तरमा रहेका सेवाग्रहीलाई बैंकिङ्ग कामको लागि सदरमुकाम पुग्नु पर्ने बाध्यतालाई मध्य नजर राखेर शाखा बिस्तार भएको पन्थीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend