logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला मालपोत कार्यालय गुल्मीमा गुनासो संकलन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, गुल्मी जेठ २९ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित इलाका आउटरिच कार्यक्रम अन्तर्गत गुनासो संकलन कार्यक्रम सम्पन्न गरिएको छ ।

आज मालपोत कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी मालपोत कार्यालयले प्रदान गर्ने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो सुन्ने कार्यक्रम सञ्चालन गरिएको हो ।

मालपोत कार्यालय गुल्मीबाट प्रदान गर्ने सेवामा कार्यालय प्रमुख धेरै विदामा वस्दा टाढा टाढाबाट आएका सेवाग्रहीहरुले सोही दिन सेवा प्राप्त गर्ने नसकेको, नामसारी, नाम संशोधन लगाएतका निर्णय गर्नुपर्ने कामहरु कार्यालय प्रमुखको अनुपस्थितिमा हुन नसक्दा सेवाग्राहीहरु बास बस्नु परेको हो ।

निश्चित खर्च बोकेर कामका लागि आएका सेवाग्राहीहरु काम नहुदाँ मर्कामा परेको, आवश्यक कागजात सिफारिस पत्र हरुको बारेमा जानकारी नहुदाँ एउटै कामका लागि पटक पटक धाउनु परेको लगाएतका गुनासोहरु आएका थिए ।

उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय कार्यक्रम सहायक अञ्जना अधिकारी, कार्यक्रम सहयोगी विक्रम पन्थी उपस्थितमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति : २९ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend