logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको अर्जैमा निशुल्क सुगर परिक्षण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २८ ।
गुल्मीको मालिका गाउपालिका ६ अर्जैमा निशुल्क सुगर परिक्षण शिविर सम्पन्न भएको छ । मेडिकल ल्याबोरेटोरी एशोसिएसन अफ नेपाल गुल्मीको आयोजना शिविर सन्चालन गरिएको थियो ।

एशोसिएसन गुल्मीका अध्यक्ष केपि भण्डारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले सुगर परिक्षण गरेको थियो । एसोसिएसनको १३ औ स्थापना दिवसको अवसर पारेर निशुल्क सुगर परिक्षण गरिएको थियो ।

शिविरमा वडा भित्रका २ सय १३ जनाले सुगर परिक्षण गराएका छन । शिविरमा राम मेडिकल हल, रेसुङा प्याथोलोजी प्राली र मनकामना मेडिकल हलले विशेष सहयोग गरेका थिए ।

शिविरको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष शोभाखर गिरिले शिविर संचालन गर्ने र अर्जैलाइ छनोट गर्ने आयोजक सस्थालाइ धन्यवाद दिए । कार्यक्रम सचिव गोकर्ण पुरिको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति : २८ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend