logo
  • आइतबार, असोज ११ २०८३

बागलुङमा बाँदर लखेट्न गाउँमा नै उर्दि, कृषक आजित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ जेठ २६ ।
बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ को सिमलचौरमा उर्दि नै पारेर वाँदर लखेट्नु परेको छ। वाँदरले सताउन थालेपछि आज उर्दि नै जारी गरि सवै गाउँले भेला भई वाँदर लखेटेको वडा सदस्य सुर्य वहादुर अधिकारीले वताउनु भएको छ।

पहिले वाँदरको कुनै समस्या नभएपनि हाल वाँदरले सताएकोले वाध्य भएर झारा नै लगाउनु परेको स्थानिय चुमाकान्त पोखरेलले वताउनु भएको छ। वाँदर लखेट्दै दौडिदै भेटिएका शिक्षक समेत रहेका होमनाथ खरेलले वाँदर आतंकले आजित भएको बताउनु भयो।

वाँदर लखेट्दा वाँदरले आफूहरुलाई नै छलेको र झारा लगाउँदा पनि वस्ति कटाउन नसकिएको गुनासो गोपिराम पाण्डेले गर्नुभयो। गाउँलेहरु सवै मिलेर समेत वाँदर धपाउन नसकेपछि स्थानियहरु निकै निरास देखिएका छन्।

आफूहरुले लगाएको सवै वाली वाँदरले नष्ट गर्न थालेपछि सामुहिक रुपमा धपाउन सुरु गरेका कृषकहरु त्यसरी पनि सफल नभएपछि राज्यले सहयोग गर्नुपर्ने वताएका छन्। गाउँपालिकाले व्यावस्था गर्ने हो की कसले हो हामिलाई सुरक्षा चाहियो?

आक्रोशित हुँदै चुरामणी पौडेलले भन्नुभयो, वाँदर धपाउँदा पसिना पसिनै भएका पौडेलले जनताको सुरक्षा सरकारले गर्नुपर्यो । हाल वाँदर अनियन्त्रीत हुँदा स्थानियले लगाएको वाली नाली नष्ट गर्दै घरघरमा समेत वाँदर पुग्न थालेपछि उनिहरु आतंकित वनेका छन्।


प्रकाशित मिति : २६ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend