logo
  • आइतबार, असोज ११ २०८३

त्रिभुवन मावि खर्वाङमा निजि शिक्षकलाई समेत पोसाक भत्ता दिइने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ्ग जेठ २६ ।
बडिगाड गाउँपालिका वडा नं. २ मा रहेको त्रिभुवन मावि खर्वाङमा स्थानिय श्रोतका शिक्षकहरुको लागि पनि पोषाक भत्ता दिइने भएको छ। यस क्षेत्रमै पहिलो पटक निजि शिक्षकलाई जनहि ५ हजारका दरले पोषाक भत्ता उपलब्ध गराइने भएको हो।

सरकारले सरकारी श्रोत वाट तलवभत्ता खाने शिक्षकहरुलाई पोसाक भत्ता को व्यावस्था गरेको भएपनि निजि श्रोतका शिक्षकले नपाउँदा शिक्षकहरुमा मनोवल खस्केको निस्कर्ष सहित सो निर्णय गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिनुभएको छ।

सवै शिक्षकहरुलाई समान पोसाक व्यावस्थापन गर्न विद्यालय व्यावस्थापन समितिले रकम छुट्याउने निर्णय गरेको हो। नमुना विद्यालयमा छनौट भएको त्रिभुवन माविमा १९ जना शिक्षक निजिश्रोतमा कार्यरत रहेका छन्।


प्रकाशित मिति : २६ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend