logo
  • आइतबार, असोज ११ २०८३

एक दशकपछि रेसुङ्गा विमानस्थलमा सफल परिक्षण उडान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २५ ।
गुल्मीको रेसुङ्गा बिमानस्थलमा तारा एयरको बिमानले सफल परिक्षण उडान गरेको छ । सफल परिक्षणपछि जहाजको प्रतिक्षामा एक दशक बिताएका गुल्मेली निकै खुसी भएका छन् । शुक्रबार दिउँसो तारा एयरको 9N–AKL को बिमानले सफल परिक्षण गरेको थियो ।

बिहान आठ बजेबाट बिमानको प्रतिक्षामार रहेका गुल्मी र अर्घाखाँचीका स्थानीयले बिमान चालक क्याप्टेन सन्तोष शाहा, प्रभाकर प्रसाद घिमिरे, पुर्व क्याप्टेन डिआर निरौला सहितको टोलीलाई पञ्चेबाजासहित फुलमालाले स्वागत गरेका थिए ।

बिमान स्थल र केवलकार संगसंगै : मन्त्री ज्ञवाली

परिक्षण उडान शुभारम्भका लागि जिल्ला आएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रेसुंगा बिमान स्थल र रेसुंगा केवलकार नै जिल्लाको समृद्धिको बाटो भएको बताएका छन् । सफल परिक्षण भैसकेकाले यसको निरन्तरताका लागि जिल्लाका नागरिकको महत्वपूर्ण भुमिका हुने ज्ञवालीले बताए ।उनले गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका नागरिकको समेत भाग्य र भविष्य जोडिएको बिमान सेवालाई सके दशै अगाडी नभए दशैबाट नियमित संचालनमा ल्याउने बताए । ‘अब धेरै कुरा असम्भव हुँदैनन, धेरैको परिक्षण उडानमै शंका थियो,‘उनले भने,‘अव नकरात्मक नसोचौ,जतिसक्दो चाँडो नियमित गर्ने हो ।

उनले रेसुंगा बिमान स्थलको नियमिततासंगै रेसुंगामा केवलकार पनि केहि समयमै संचालनमा आउने बताए । गुल्मी क्षेत्र नं १ का सांसद समेत रहेका ज्ञवालीले तीन जिल्लाको आर्थिक समृद्धिको बाटो बिमान स्थल र केवलकार भएकाले आफु यी दुई बिषयमा सधै चिन्तित रहेको बताए ।

उनले चन्द्रा गिरी केवलकारका संचालक चन्द्र ढकाललाई समेत लिएर जिल्ला आएका थिए । सोहि क्रममा संचालक ढकालले केहि समयमै चन्द्रा गिरी केवलकारको प्राविधिक टोलीलाई जिल्ला पठाउने बताए ।

उनले आफु केवलकार संचालन गर्न सकरात्मक रहेकाले प्राविधिक टोलीको अध्ययनपछि थप छलफलमा जुटने बताए । संयोग केहि बर्ष पहिले आफु पर्यटन मन्त्री हँुदा शिलन्यास गरेको बिमान स्थलमा अहिले परराष्ट्र मन्त्री भएको बेला परिक्षण उडान गरिएको छ ।

नियमित उडामा समस्या छैन : पाइलट

तारा एयरको बिमान सफल अवतरण गराएपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै बिमान चालक क्याप्टेन सन्तोष शाहले नियमित उडान गर्न कुनै समस्या नरहेको बताए । उनले धावन मार्गमा अझै लोडर लगाउने बाहेक पानी नपरेको बेलामा बिमान संचालनमा कुनै समस्या नरहेको शाहाले बताए ।

उनले पानी परेको बेला दब्ने र चिप्लने समस्या हुने भएकाले सुख्खा भए अहिलेबाटै बिमानलाई दैनिक संचालन गर्न कुनै समस्या नरहेको उनको दावी छ । साथै अर्का क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले धावन मार्ग पिचसंगै भौतिक संरचना निर्माण भएर नियमित उडानको राम्रो संभावना भएको प्रतिक्रिया दिए ।

अहिलेसम्म साढे १४ करोड खर्च

विमानस्थल निर्माणका लागि हालसम्म १४ करोड १७ लाख ८० हजार रुपैयाँ खर्च भएको बिमान स्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए । अहिले करिव साढे पाँच करोडको काम शुरु भैसकेको पन्तले बताए ।

बिमान स्थल निर्माणको लागि एक सय १२ रोपनी जग्गा आवश्यक छ । जसमा ४६ रोपनी जग्गा स्थानीयको अधिकरण गरिएको छ । भने बाँकी सार्वजनिक जग्गा रहेको छ । अहिले सम्म मुआव्जा वितरण, कटान र ग्याविङ्गको काम मात्रै गरिएको पन्तले बताए ।

बिमान स्थलको पाँच सय १० मिटर लम्बाई र २० मिटर चौडाई रहेको बिमान स्थलका सहआयोजना प्रमुख दिनेश परियारले बताए । बिमान स्थल संचालनमा आएपछि सिद्धबाबाको जोखिम कम गर्न र तीन जिल्लाको पर्यटन लगायत अन्य क्षेत्रको विकासमा फड्को मार्ने गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले बताए ।


प्रकाशित मिति : २५ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend