logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज (फोटो फिचर)


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

शिवलाल सुवेदी, गुल्मी जेठ २५ ।
गुल्मीको रेसुङ्गा बिमानस्थलमा पहिलो पटक जहाज बसेको छ । सदरमुकाम तम्घास नजिकै दशकभन्दा अगाडि निमार्ण थालिएको पहिलो परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका छन् । विमानस्थल निर्माणका लागि हालसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको छ । शुक्रवार दिउँसोे तारा एयरको जहाज रेसुङ्गा विमानस्थलमा सफल अवतरण गरेको हो । पहिलो परीक्षण उडान हेर्न गुल्मीबासीहरु लगायत छिमेकी जिल्ला अर्घाखाचीवासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरि व्यूतिएको छ । विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, वाग्लुङ्गका बासिन्दालाई पनि सेवा पुग्ने छ ।विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआव्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ । ब्यक्तिहरुको र सार्वजनिक जग्गा गरि १ सय १२ रोपनी जग्गामा विमानस्थल फैलिएको छ ।७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको धावन मार्ग रहेको विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैया खर्च भैसकको छ । विमानस्थलको रनवे बनाइसकेपछि शुक्रवार दिउसो तारा एयरको सानो विमानले परीक्षण उडान गरेको हो ।यो विमानस्थलमा दैनिक उडान भएमा गुल्मी, अर्घाखाची भित्रिने मानिसहरुलाई सजिलो हुनेछ । विमानस्थले गुल्मीको पर्यटन लगायत अन्य क्षेत्रको विकासमा फड्को मार्ने देखिन्छ । करिब १२ वर्षअघिबाट निर्माण थालिएको विमानस्थलमा परीक्षण उडान सफल भएपछि गुल्मीका जिल्लावासी लगायत छिमेकी जिल्ला अर्घाखाचीका वासिन्दाहरु समेत खुसी भएका छन् ।प्रदीप ज्ञवाली तत्कालीन नागरिक उडयन तथा पर्यटन मन्त्री बनेको समयमा विमानस्थल बनाउने भन्दै शिलान्यास गरेका थिए । अहिले पनि प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री भएका वेला जहाजको परिक्षण उडान भएको हो ।

विकानको परिक्षण उडानमा ज्ञवाली पनि सहभागी भएर जिल्लावासीहरुसगँ खुसी साटेका छन । गुल्मीका नागरिकले १२ वर्षदेखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना अन्नतः साकार भएको छ ।

शिलान्यास गरेको विमानस्थल निर्माणको काम चुस्त रुपमा अगाडि बढ्न नसक्दा निरास बनिरहेका गुल्मेलीहरु तारा एयरको जहाजले परीक्षण उडान गरेपछि हर्षित बनेका छन ।

जिल्लाकै विमानस्थलमा पहिलोपल्ट जहाज ओर्लिएपछि गुल्मीका सर्वसाधरण रेसुङ्गा विमानस्थलमा जहाज हेर्न ओइरिएका थिए । विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक–अर्कामा खुशी साटासाट गरेका छन् ।


प्रकाशित मिति : २५ जेठ २०७५ ।


यो पनि पढ्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend