logo
  • शनिबार, असोज १० २०८३

महाअभियान सफल : दलित बस्तिका नाम फेरीए, लैङ्गिक हिसां अन्त्यको प्रयास


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २१ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीले ५० दिने महाअभियान सफल भएको दाबी गरेको छ । सोमबार सदरमुकाममा रहेको बि.पि. स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै उसले अभियान सफल भएको दाबी गरेको हो । निदाएका नागरिकलाई जगाउने काम गरेको भन्दै काङ्ग्रेसले आफूहरु अभियानको लक्ष्य नजिक पुगेको जनाएको छ । अभियानको क्रममा गाउँका दलित बस्तिको नाम फेर्ने, गाउँगाउँमा चौपारी बनाउने, धारा–चौपारीहरु सफा गर्ने लगायतका सामाजिक–साँस्कृति काम गरेको जनाएको छ ।

स्थानिय तह गठन भएपनि जनताका दुःख, पिडा हट्न नसकेको, गाउँमा छुवाछुत, भेदभाव जस्ता कुरीतिहरु अझै पनि विद्यमान रहेको पार्टी विष्णुकुमारी सापकोटाले बताइन् । अभियानको क्रममा उनी सत्यवती गाउँपालिका वार्ड नम्बर १ स्थित को बाबुराम परियार र उत्तम सुनार घरमा बसेकी थिइन् । ‘गाउँमा ब्याप्त मात्रामा छुवाछुतजस्ता जातिय भेदभाव कायमै छन् ।

उनले भनिन्, ‘सबै मिलेर यसको अन्त्य गर्नुपर्छ ।’ पार्टीका अर्का सचिव खिलध्वज पन्थीले पनि गाउँघरमा अझैपनि राजनीतिक आस्थाका आधारमा विकास निर्माण काम हुने गरेको बताए । ‘स्थानिय तहको गठनपछि पनि जनताको पिडा हट्न सकेका छैनन् ।’ उनले भने, ‘त्यसलाई हटाउन छायाँ सरकार गठन गरेका छौ ।’

दलित बस्तिका नाम परिवर्तन

नेपालमै पहिलो पटक संगठन सुदृढिकरणको लागि भन्दै गुल्मी काङ्ग्रेसले वैशाख १ गतेदेखि ‘गाउँ जाउँ, गाउँमै रमाऔँ’ भन्ने दिने अभियान सुरु गरेको थियो । अभियानको क्रममा उसले जिल्लाका कतिपय दलित बस्तिका नामबाट हेपाहा प्रवितृबाट राखिएका बस्तिका नाम समेत परिवर्तन गरेको जनाएको छ ।

हर्मिचौरको दमाई टोलको नाम परिवर्तन गरी कालिकाटोल राखिएको छ । त्यस्तै कालिगण्डगी गाउँपालिकाको अर्वेनीको दमाई टोलको पनि नाम परिवर्तन गरी बसपार्क टोल राखिएको पार्टीका महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै चन्द्रकोटको विश्वुखर्कमा रहेको सार्कीटोललाई कालिकाटोल र हुँगाको ढोगिटोलको नामलाई कालिकाटोल नामाकरण गरिएको भण्डारीले बताए ।

महिलाद्वारा लैङ्गिक हिसां अन्त्यको प्रयास

माजमा जाडँ–रक्सिले विकराल रुप लिन थालेको छ । जसले गर्दा महिला मात्र नभएर सिङ्गो समाज नै दुषित बनेको छ । यसलाई हटाउन गुल्मी काङ्ग्रेसका महिला नेतृहरुले जिल्लाका विभिन्न ठाउँमा अभियानस्वरुप कार्यक्रम गरेका छन् ।

जसअनुसार जेठ ३ गते छत्रकोट गाउँपालिकाको पिपलनेटा, ४ गते चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा, ५ गते मुसिकोट नगरपालिकाको वामिटक्सारमा लैगिंक हिंसाबिरुद्धको कार्यक्रम गरिएको महिला संगठन विभाग प्रमुख अमृता देवी कुँवरले जानकारी दिइन् ।

त्यस्तै ६ गते रेसुङ्गा नगरपालिकाको तम्घासमा र ७ गते सदरमुकाममै ¥र्यालि गरिएको उनले बताइन् ।

‘महिलाहरुको सक्रियतामा लैङ्गिक हिसां र जाँडरक्सि अन्त्य गर्ने प्रयास गरेका हौ । उनले भनिन्, ‘यो पार्टीको मात्र नभएर सिङ्गो सामाजिक अभियान हो ।’

किन महाअभियान ?

नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभुत समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न ५० दिने गरिएको पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

त्यस्तै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको र तत्यसका आफूहरु नजिक पुगको सभापति श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति : २१ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend