साझा नेटवर्क
ओम प्रकाश बानियाँ, काठमाण्डौ जेठ २० ।
नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीले अंग्रेजी भाषा सिक्न सुरु गरेकी छिन । सामाजिक संजालमा फोटो पोस्ट गर्दै आफुले अङ्ग्रेजी सिक्न सुरु गरेको बताउने चौधरीले पढ्न, लेख्न र सिक्न उमेर वा लाजले नछेक्ने उनको तर्क छ ।
चौधरी बसुन्धाराको पोर्टफोलियो एजुकेशन इन्सटिच्युटमा भर्ना भएकी हुन् । चौधरीले आफ्नो अंग्रेजी भाषालाई राम्रो बनाउन कक्षा सुरु गरेको बताउदै अरु सिक्न मनहुनेलाई समेत आउन आग्रह गरेकी थिइन ।
यसअघि तत्कालीन नेकपा एमालेको संसदीय दलको सचेतक रहेकी चौधरी पार्टी एकीकरण पछि बनेको नेकपाको पनि सचेतकमा चयन भएकी थिइन ।
उनलाई राजनीतिमा राम्रो सम्भावना भएको महिलाको रुप लिन गरिएको कुरा उनका शुभ चिन्तक बताउछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend