logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको सिमल्टारीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १९।
मालिका गाउँपालिका ८ को सिमलटारीमा निशुलक बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा मालिका गाउँपालिकाको संयोजनमा मरभुंग स्वास्थ्यचौकीमा शिविर आयोजना गरिएको थियो ।

शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका एक हजार २७ जनाले सेवा लिएको मरभुंग स्वास्थ्यचौकी अध्यक्ष तथा वडा नं ८ का वडाध्यक्ष टीका बहादुर जिसीले बताए ।

शिविरमा जिल्ला अस्पताल तम्घास, रेसुंगा अस्पताल र रुरु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले बिरामीहरुको उपचार गरेका थिए ।

गाउँपालिका अध्यक्ष रित बहादुर थापा तथा उपाध्यक्ष देवा अर्यालको उपस्थित रहेको थियो ।


प्रकाशित मिति : १९ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend